श्री ५ को सरकार भनेकोमा खानेपानी मन्त्री मणि थापाले मागे माफी

श्री ५ को सरकार भनेकोमा खानेपानी मन्त्री मणि थापाले मागे माफी

काठमाडौँ । खानेपानी मन्त्री मणि थापाले शनिबार एक कार्यक्रममा मन्तव्य दिइरँदा आफूले श्री ५ को सरकार भनेकोमा क्षमा मागेका छन्।

उनले भेलालाई सम्बोधनका क्रममा भुलवस नेपाल सरकार हुनुपर्नेमा अन्यथा भएको बताएका छन्।

‘मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलवस ती शब्द (श्री ५ को सरकार) प्रयोग हुन गएकोमा क्षमा चाहन्छु’, थापाले भनेका छन्।

उनले भुलवस प्रयोग भएका शब्द तत्कालै सच्याइएकोले भ्रममा नपर्न पनि सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।

शनिबार सुर्खेतमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भनेका थिए ‘सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ। र सुर्खेतका आदरणीय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारबाट… ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईँहरूलाई लालसलाम भन्न चाहन्छु।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार