दाङमा अति आवश्यकीय वस्तु घुम्ती सेवाबाट प्रदान

दाङमा अति आवश्यकीय वस्तु घुम्ती सेवाबाट प्रदान

चैत्र १८ दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले अति आवश्यकीय वस्तु घुम्ती सेवाबाट प्रदान गर्न सुरु गरेको छ ।

लकडाउनको अवधिमा अत्यन्त निम्‍न आय भएका तथा सामान्य आय स्तर भएका उपभोक्ताहरुको समस्यालाई मध्यनजर गदै घर-घरमा सामग्री पुर्‍याउन थालेको हो । अति आवश्यक वस्तुहरुको वर्गीकरण गरी चामल दाल, नुन, तेल, ग्यास, तरकारी एवं फलफूल र ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषि उपजहरुलाई खेर जान नदिन यस प्रकारका सेवा दिन थालेको संघका महासचिव नरेश कार्कीले जानकारी दिए ।

यस प्रकारको सेवा प्रदान गर्ने क्रममा सेवाप्रदान गरिने सामग्रीहरुको मूल्यमा कुनै वृद्धि नगरिएको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए । यस प्रकारको सेवा हाल घोराही उप महानगरपालिका १४ र १५ का विभिन्‍न क्षेत्रमा र केही दिनपछि घोराहीका सबै वडामा प्रदान गरिने संघले जनाएको छ ।

यस सेवाको लागि अहिले १२ वटा पिकअप भ्यान सञ्‍चालन गरिने संघका कोषाध्यक्ष सुशील पोख्रेलले जानकारी दिए । सेवा प्रदान गरिने अवधिभर परिचालन हुने स्वयंसेवक तथा कर्मचारीहरुलाई मास्क, पञ्‍जा र स्यानिटाइजरलगायत सुरक्षा सामग्रीहरु प्रदान गरिनुको साथै उपभोक्ताहरुलाई पनि आवश्यकताअनुसार मास्क, पञ्‍जा, स्यानिटाइजरसमेत सुपथ मुल्यमा प्रदान गरिने संघका महासचिव कार्कीले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार