आफूमाथि कुटपिट भएको भन्दै सुष्मा पुगिन् प्रहरीमा

आफूमाथि कुटपिट भएको भन्दै सुष्मा पुगिन् प्रहरीमा

काठमाडौँ । नायिका सुष्मा कार्की आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजूरी दिन पुगेकी छन्। काठमाडौँको लण्डन पब क्याफेमा आफूमाथि हातपात र गालीगलौज भएको भन्दै उनले महानगरीय प्रहरी वृत, दरबार मार्गमा उजूरी दिएकी हुन्।

प्रहरीका अनुसार उनले आफूमाथि आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीले हातपात गरेको र गाली गरेको आरोप लगाएकी छन्। आरती नायिका स्वेता खड्काकी बहिनी हुन्। यसबारेमा सुष्मासँग बुझ्न खोज्दा आफू प्रहरी परिसरमा रहेको बताइन्। सुष्माले सोमबार राति निवेदन दिएको प्रहरीले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार