आर्सनललाई वुल्भ्सले २–१ ले पराजित

आर्सनललाई वुल्भ्सले २–१ ले पराजित

दुई खेलाडीले रातो कार्ड पाएको खेलमा आर्सनल पराजित भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा आर्सनललाई वुल्भ्सले २–१ ले पराजित गरेको हो ।

आर्सनलका डेविड लुइज पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा तथा लिनो ७२ औँ मिनेटमा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए । ९ खेलाडीमा सीमित हुनु पूर्व ३२ औँ मिनेटमा पेपेले गोल गरि आर्सनललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा नेवेसले पेनाल्टी मार्फत गोल गरि वुल्भ्सलाई बराबरीमा ल्याए ।

४९ औँ मिनेटमा जोआओ माउटिन्होले गोल गरेर टिमलाई जित दिलाएका हुन् । वुल्भ्सले प्रिमियर लिगका पछिल्ला ९ खेलमा पहिलो जित दर्ता गरेको हो । जितपछि १४ औँ स्थानको वुल्भ्सको २२ खेलबाट २६ तथा पराजित भएको आर्सनल ३१ अंकसहित दशौँ स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा शेफिल्ड युनाइटेडले वेष्ट ब्रोम तथा क्रिष्टल प्यालेसले न्यूक्यासल युनाइटेडलाई समान २–१ ले पराजित गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार