नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेकपा नेताकार्यकर्ता कलंकीबाट पक्राउ

नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेकपा नेताकार्यकर्ता कलंकीबाट पक्राउ

काठमाडौँ । नेकपा (प्रचण्ड–नेपाल खेमा) की नेतृ अष्टलक्ष्मी शाक्यसहित पक्राउ परेका छन् । नेता अमृत बोहराका अनुसार नेतृ शाक्यसहितका नेता कार्यकर्तालाई कलंकीबाट प्रहरीले पक्राउ गरेको हो ।

संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा नेकपा (प्रचण्ड–नेपाल) ले बिहीबार आम हड्ताल आह्वान गरेको छ । सोही क्रममा प्रहरीले नेतृ शाक्यसहितलाई पक्राउ गरेको हो ।

आम हड्तालका कारण काठमाडौँ उपत्यकासहित देशका अरु स्थानमा प्रभाव परेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।                                                                                                                                      यस्तै  बन्दकर्ताले बिहानै गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका थिए । त्यस्तै विभिन्न स्थानमा सवारी साधनमा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार