नेकपा (प्रचण्ड–नेपाल) पक्षको आम हड्ताल : विद्यार्थी र मजदुरलाई सास्ती

नेकपा (प्रचण्ड–नेपाल) पक्षको आम हड्ताल : विद्यार्थी र मजदुरलाई सास्ती

काठमाडौँ । नेकपा (प्रचण्ड–नेपाल) पक्षले आज (बिहिबार) आह्वान गरेको आम हड्तालका कारण परीक्षा दिनु पर्ने विद्यार्थी तथा दैनिक ज्याला मजदूरी गर्ने कामदाहरु सास्ती खेप्न बाध्य भएका छन् । प्रचण्ड–नेपाल पक्षले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा आम हड्ताल गरेको हो ।

काठमाडौँ उपत्यकाका भित्री सडकहरुमा आंशिक रुपमा पसल तथा व्यवसायहरु खुल्ने क्रममा छन् । बाटो सामान्य दिनमा जस्तो व्यस्त छैन । तर परीक्षा दिनु जानु पर्ने विद्यार्थी तथा मजदुरहरु भने काममा निस्केका छन् । उनीहरुलाई गाडी पर्याप्त रुपमा नचल्दा समस्या भएको छ ।

हड्ताल गर्नेहरुलाई नियन्त्रणमा लिन तथा शहरको अवस्था सामान्य पार्नका लागि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । तर पनि आंशिक रुपमा बन्दको प्रभाव परेको छ ।

यस्तै गृह मन्त्रालयले आमहड्तालकाबीच पनि सार्वजनिकसँगै निजी सबै सवारी सञ्‍चालन गर्न प्रहरीलाई निर्देशन दिएको छ। नेकपाको ‘प्रचण्ड’ समूहले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले भोलि गर्ने आमसभालाई प्रभावित पार्ने गरी आज आमहड्ताल गरेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार