दाङमा आमहड्ताल : यातायात ठप्प, मुख्य मुख्य चोकमा बन्दकर्ता

दाङमा आमहड्ताल : यातायात ठप्प, मुख्य मुख्य चोकमा बन्दकर्ता

लमही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल पक्षले आह्वान गरेको आमहड्तालको प्रभाव दाङ जिल्लाहरुमा बिहानैदेखि परेको छ । हामीले यो समाचार तयार पार्दासम्म दाङ जिल्लाका प्रमुख बजार तुलसीपुर, घोराही, लमही र भालुबाङ क्षेत्रमा अत्यावश्यक सवारी साधान बाहेक सडकमा कुनै पनि सवारी साधन सञ्चालनमा आएका छैनन्।

प्रहरीका अनुसार बिहानैदेखि  पूर्व-पश्चिम राजमार्गमा कुनै पनि यातायातका सवारी साधन चलेका छैनन्। वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले बिहान साढे ६ बजेसम्म राजमार्गमा निजी सवारी साधन मात्रै फाट्टफूट्ट चलेको जानकारी दिए।

त्यस्तै उद्योग करकारखाना सबै बन्द छन्। बन्द कर्ताहरुले मोटरसाइकल र स्कुटरलाई रोकेर चालकहरुलाई रोक्ने गरेका छन्। कतिपय ठाउँमा बन्द कर्ताहरुले मोटरसाईकलको चापी समेत खोसेका छन ।

उता सडकमा अवरोध सिर्जना गर्नेलाई पक्राउ गर्न भन्दै बुधबार बेलुका गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको बताए पनि दाङमा अहिलेसम्म कसैलाई गिरफ्तार गरिएको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार