सेनाले बन्द गरिदियो म्यानमारमा फेसबुक

सेनाले बन्द गरिदियो म्यानमारमा फेसबुक

सैनिक शासनको विरोध भएपछि म्यानमारले अस्थायी रूपमा फेसबुक बन्द गरेको छ।

म्यानमार टाइम्सका अनुसार यातायात तथा सञ्चार मन्त्रालयले मोबाइल अपरेटर तथा इन्टरनेट प्रदायकहरूलाई अस्थायी रूपमा फेसबुकलाई बन्द गर्न बुधबार निर्देशन दिएको थियो।

सोही निर्देशन अनुसार बिहीबार फेसबुकलाई अस्थायी रूपमा बन्द गरेको मोबाइल अपरेटर टेलिनोर म्यानमारले बताएको छ।

म्यानमारमा टेलिकम प्रदायकहरूलाई फेसबुक अस्थायी रूपमा बन्द गर्न निर्देशन दिइएको छ। त्यँहाका नागरिकले आफ्नो परिवार र साथीहरूसँग कुराकानी गर्न सकोस् र महत्वपूर्ण सूचनाहरूको पहुँचमा रहोस् भनेर कनेक्टिभिटीलाई पुन:स्थापना गर्न हामी अधिकारीहरूसँग आग्रह गर्न चाहन्छौं,’ फेसबुकका प्रवक्ताले भने।

फेसबुकले आफ्नो राष्ट्रमा अस्थिरता ल्याएको भन्दै सरकारले बन्द गर्न लगाएको हो।

एनग्याजेडका अनुसार फेसबुकलाई फेब्रुअरी ७ मध्यरातिसम्म बन्द गर्न निर्देशन दिएको छ।

यसअघि फेसबुकले म्यानमार सैनिकद्वारा सञ्चालित म्यावाड्डी टिभी नेटवर्कको पेजलाई हटाएको थियो। यसले आफ्नो नीतिको उल्लंघन गरेको भन्दै हटाएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार