राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल आजदेखि

Corona-Ad-Raptisonari

राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल आजदेखि

Florence Ad

काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको खेलहरु आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको डबल लिग अन्तर्गत पहिलो चरणका खेलहरु सकिसकेका छन् । लिगमा तीन विभागीय र चार नगरपालिका र महानगरपालिका टिमसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

दोस्रो चरणको पहिलो खेलमा शनिवार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे खेल सुरु हुनेछ । पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२-० ले पराजित गरेको थियो ।

अंकतालिकामा दोस्रो स्थानमा रहेको आर्मी चौदण्डीलाई पराजित गर्दै लिग लिडर एपीएफसंथ अंक दूरी कम गर्ने योजनामा हुनेछ । पहिलो चरणको ६ खेलबाट १३ अंक जोडेर आर्मी दोस्रो स्थानमा छ । ६ वटै खेल हारेको चौदण्डीगढी अंकविहीन हुँदै पुछारमा छ ।

महिला लिगको साविक विजेतासमेत रहेको एपीएफ पहिलो चरणमा शतप्रतिशत जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा छ । पहिलो चरणमा विभागीय टोली पुलिसलाई स्तब्ध पारेको विराटनगर महानगरपालिका ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । पुलिस र वालिङ समान ८ अंकसहित क्रमशस् चौथो र पाँचौ स्थानमा छ । चन्द्रपुर ३ अंकका साथ छैटौं स्थानमा छ ।

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad