आन्तरिक उडान बैशाख ३ गतेसम्म बन्द

आन्तरिक उडान बैशाख ३ गतेसम्म बन्द

चैत्र १८ काठमाडौँ –  आगामी वैशाख ३ गतेसम्म सबै आन्तरिक उडानहरु बन्द हुने भएका छन्। नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनी सन्चालक संघलाई यसबारे जानकारी गराएको छ।

यसअघि सरकारले बैशाख ३ गतेसम्मका लागि नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ। लकडाउन सुरुभएयता घरेलु उडान पनि बन्द छ। गत मंगलबार सुरु भएको लकडाउन कम्तिमा चैत २५ गतेसम्म रहने छ।

आन्तरिक उडान बन्द लम्बिएसँगै सरकारले लकडाउन थप लम्ब्याउन सक्ने संकेत देखिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार