बुधबार काठमाडौका ६ स्थानबाट ग्यास वितरण गरिँदै

बुधबार काठमाडौका ६ स्थानबाट ग्यास वितरण गरिँदै

चैत्र १८ काठमाडौ
चैत्र १९ गते अथार्त भोलि बिहान १० बजे काठमाडौका विभिन्न स्थानहरुबाट ग्यास सिलिण्डर बितरण गरिने भएको छ । सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, पर्सि २० चैतमा कोटेश्वर चोक र बानियाँटार चोक तथा २१ चैतमा भनिमण्डल चोक र महाराजगञ्ज चोकबाट ग्यास सिलिण्डर वितरण गर्ने लागेको हो ।

नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ।

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्तरूपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको बताउनु भयो ।

यस परिस्थितिमा अतिआवश्यक रहेका तथा तोकिएका बिक्री केन्द्रमा जान नसकेका उपभोक्तालाई ध्यानमा राखी हामीले ग्यास वितरण गर्न लागेका हौँ, उहाँले भन्नु भयो तीन दिनमा दुईदुई स्थानबाट एकैचोटि ग्यास वितरण गर्नैछौँ, दुई स्थानमा हामीले ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेका छौँ।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार