साझा यातायातको अध्यक्ष पुनः दीक्षित

साझा यातायातको अध्यक्ष पुनः दीक्षित

काठमाडौं । साझा यातायातको अध्यक्षमा कनकमणि दीक्षित निर्वाचित भएका छन् । शुक्रबार भएको साधारणसभाले दिक्षितलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

दीक्षितसँगै बन्दना थापा पनि सर्वसम्मत सदस्य (महिला) मा चुनिइन् । सुशील प्याकुरेल र भुषण तुलाधर निर्वाचन जितेर सदस्यमा चुनिएका छन् । रुद्र पौडेल पराजित भएका छन् ।

साधारणसभाले लेखा सुपरीक्षण समिति पनि चयन गरेको छ । समितिमा प्रदीप राजोपाध्याय संयोजक र सिर्जना देवकोटा तिमिल्सिना तथा कुललाल डंगोल सदस्य चुनिए ।

साधारणसभाले संस्थाको अधिकृत पुँजी बढाएर ५ अर्ब पुर्‍याउने निर्णय गरेको छ । साभारणसभाले आर्थिक वर्ष २०७५/७६ र र २०७६/७७को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार