लियोन लिग वानको शीर्ष स्थानमा

लियोन लिग वानको शीर्ष स्थानमा

लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा लियोनले ब्रेस्टलाई ३–२ ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा लियोनका लागि तोलेन्टिनो कोएल्हो डी लिमा (नवौँ), एऔर (२९ औँ) र मेम्फिस डिपेय (४४ औँ मिनेटमा पेनाल्टी) ले गोल गरे ।

ब्रेस्टका लागि ५३ औँ मिनेटमा चार्डोनेट र ७४ औँ मिनेटमा कार्डोनाले गोल गरेका हुन्। जितपछि शीर्ष स्थानमा पुगेको लियोनको २६ खेलबाट ५५ अंक भएको छ । २५ खेलबाट ५५ अंक रहेको लिले भने दोस्रो स्थानमा झरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार