सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन भन्छन : रुघाखोकी लाग्दैमा नआत्तिनुहोस यो मौसमी फ्लुको समय हो

सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन भन्छन : रुघाखोकी लाग्दैमा नआत्तिनुहोस यो मौसमी फ्लुको समय हो

चैत्र १९ काठमाण्डौ – मौसमी फ्लु र कोरोना भाइरस  (कोभिड १९) को लक्षण मिल्ने भएकाले रुघाखोकी र ज्वरो आउने बित्तिकै कोरोना भएको भनेर नआत्तिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार मौसमी फ्लु र कोरोना भाइरसको लक्षण एकै खालको छ । रुघाखोकी लाग्नु, ज्वरो आउनु, बिस्तारै श्वासप्रश्वासमा समस्या हुनु फ्लु र कोरोनाको मिल्ने लक्षण हुन् ।

यस्तै फ्लु हुँदा घाँटी दुख्ने र कसैकसैलाई पातलो दिसा पनि लाग्ने गर्छ भने कोरोना हुँदा फ्लूसँगै लक्षण मिल्ने छाती दुख्ने र धेरै थकाइ लाग्ने समस्या पनि देखा पर्छ । तर विदेशबाट आएका तथा उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा यी समस्या देखिए तत्काल उपचार गराउनुपर्छ । साथै घरमै आराम गर्न सकिने डाक्टर पुनको भनाइ छ ।

अहिले विशेषगरी नेपालमा कोरोना सङ्क्रमण देखिएका व्यक्ति विदेशबाट आएका भएकाले उनीहरुमा वा उनीहरुको सम्पर्कमा रहेका व्यक्तिले भने ख्याल गर्नुपर्नेमा उहाँको जोड छ ।

भाइरल ज्वरोका बिरामीले प्रशस्त आराम गर्ने, झोलिलो पदार्थ तथा मनतातो पानी खाने गर्दा पानी रगतमा फैलिएर पिसाबको माध्यमबाट भाइरसबाहिर जाने गर्छ । खोक्दा, हाच्छिउँ गर्दा वा हाइ काढ्दा पनि सधैँ रुमालले मुख छोप्ने गर्नुपर्छ । पाँच वर्षमुनिका बालिबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई भने असर गर्ने भएकाले दुईरतीन दिनमै डाक्टरको सल्लाह लिनुपर्नेमा उहाँको सुझाव छ । तर यति गर्दा एक हप्तासम्म पनि ज्वरो र रुघाखोकी कम भएन भए डाक्टरको सल्लाह लिनुपर्छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार