बार्सिलोनाले दर्ता गर्‍यो प्रभावशाली जित

बार्सिलोनाले दर्ता गर्‍यो प्रभावशाली जित

पहिलो लेगमा बेहोरेको हारलाई उल्ट्याउँदै दोस्रो लेगमा जित निकालेर बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले ९ खेलाडीमा सीमित भएको सेभिल्लालाई ३–० ले पराजित गर्दै समग्रमा ३–२ को जितसहित फाइनलमा पुगेको हो । पहिलो लेगमा बार्सिलोना २–० ले पराजित भएको थियो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि १२ औँ मिनेटमा डेम्बेले र इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा पिकेले गोल गरे ।

त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो बार्सिलोनाका लागि ९५ औँ मिनेटमा ब्रेथवेटले गोल गरेर जित दिलाए ।

सेभिल्लाका रिगेस इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड र डी जोङ्गले १०३ औँ मिनेटमा सीधै रातो कार्ड पाए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार