सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा जम्मा भयो २२ करोड रुपैयाँ

सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा जम्मा भयो २२ करोड रुपैयाँ

चैत्र १९  काठमाण्डौ

सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मंगलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ रुपैयाँ जम्मा भएको छ ।

सरकारले गएको चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकबाट कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दैनिक कोषमा रकम जम्मा भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कोषमा मंगलबारमात्र नेपाल औद्योगिक महासङ्घले ५० लाख रुपैयाँ एक लाख रुपैयाँभन्दा कम दिएकाबाट एक करोड नौ लाख २९ हजार २४ रुपैयाँ जम्मा भएको छ । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिना बराबरको रकम उक्त कोषमा जम्मा गरिसक्नुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार