गजल

गजल

 केशब खड्का

आगो हो जानी सकेपछी हमेशा छेउ पर्न हुदैन ।
बिस्तारै बोल्नु मालिकसँग यस्तो कुरा गर्न हुदैन ।

सरकारी अनुदान यसपाला दोब्बर बनाइएको छ
अब हलगोरु पाल्नु पर्दैन,टारीमा धान छर्न हुदैन ।

हो म असामी हँ त्यसकारण काम लागीरहने छु
साहुजी तपाइको ऋण तिर्न पनि म मर्न हुदैन ।

पोहोर साल भोट मागेका नेताले भनि गएका छन
अब कोही लाहुर पस्नु पर्दैन ,मुग्लान झर्न हुदैन ।

कस्तो मज्जाको कानुन बनेछ यसपटक देशमा
वनमा जरायोहरु दगुर्न हुदैन,हरिण चर्न हुदैन ।

हेर्नुहोस गाउमै रेल आउने कुरा पक्का भइसके छ
बा अब हामी ठाउ छाड्न हुदैन,बसाइ सर्न हुदैन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार