अमेरिकामा मास्क विवादः स्वास्थ्यकर्मीलाई मास्क नपाए रुमाल प्रयोग गर्न सुझाव

अमेरिकामा मास्क विवादः स्वास्थ्यकर्मीलाई मास्क नपाए रुमाल प्रयोग गर्न सुझाव

अमेरिकी स्वास्थ्य अधिकारीबिच घर बाहिर निस्कँदा सबैले मास्क लगाउनु पर्ने नियम अनिवार्य गर्ने वा नगर्ने भन्नेमा विवाद भएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको एक आन्तरिक सन्देश अनुसार सामान्य कपडाबाट बनाइएको मास्कले पनि कोरोना भाइरसको संक्रमण रोक्न वा कम गर्न सहयोग गर्ने उल्लेख रहेको द वासिङ्गटन पोस्टले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वसाधारणलाई मास्क नपाएको अवस्थामा स्कार्फ (सल) ले मुख छोप्न सुझाव दिएका छन् ।

अहिले जारी गरिएको सुझावमा मास्क स्वास्थ्यकर्मी, बिरामी तथा कोरोना भाइरसका बिरामीको हेरचाह गरिरहेकाहरुले मात्रै लगाउनु पर्ने उल्लेख छ ।

अमेरिकामा अहिले एन ९५ र सर्जिकल मास्कको अभाव रहेको छ । स्वाथ्यकर्मीहरुले आफूहरुलाई मास्क पुनः प्रयोग गर्न भनिएको बताएका छन् । मास्क उपलब्ध नभएको अवस्थामा स्वास्थ्यकर्मीलाई मुख तथा नाक छोप्नका लागि रुमालको प्रयोग गर्न भनिएको छ ।

अमेरिकामा अहिलेसम्म दुई लाख १४ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ र पाँच हजार भन्दा बढीको मृत्यु भएको छ । एजेन्सी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार