मलेसियाबाट फर्केका रुकुम पूर्वका एक पुरुष घर पुगेनन्

मलेसियाबाट फर्केका रुकुम पूर्वका एक पुरुष घर पुगेनन्

रुकुम पूर्व । रोजगारीका लागि विदेश गएका रुकुम पूर्वका एक व्यक्ति नेपाल फर्केको समयदेखि नै बेपत्ता भएका छन् । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका-१४ राङसीका ४२ वर्षीय ढाँट कामी हराएको १५ महिना बितिसकेको परिवारजनले बताएका छन् ।

ढाँट कामीका छोरा राजेश विकले दुई वर्ष पहिला बुबा रोजगारीको सिलसिलामा मलेसिया गएको बताउनुभयो । २०७६ सालको माघ महिनामा मलेसियामा कार्यरत कम्पनीबाट नेपाल फर्केको आफूहरूले खबर पाए पनि अहिलेसम्म बुबा घरमा नआएको उहाँले बताउनुभयो ।

भौगोलिक विकटता र खोजी कार्यका लागि कुनै जानकारी नपाउँदा अहिलेसम्म खोजी गर्नका लागि कतै नपुगेको छोरा राजेशले बताउनुभयो ।

हराएका बुबाको खोजी गरिदिन भन्दै शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा निवेदन प्राप्त भएको कार्यालयले जनाएको छ । कार्यालयले उहाँको खोजी गर्न सम्बन्धित निकायमा लेखी पठाउने प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । हराएका व्यक्तिलाई देख्ने तथा सम्पर्क हुने जो कोहीले जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा खबर गर्न प्रशासनले अनुरोध गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार