कसरी बढाउने कोभिड -१९ बाट बच्न रोग प्रतिरोधात्मक क्षमता

कसरी बढाउने कोभिड -१९ बाट बच्न रोग प्रतिरोधात्मक क्षमता

चैत्र २० काठमाडौँ

स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड-१९ विरुद्ध रोगप्रतिकातात्मक क्षमता बढाउने गुण भएका जडिबुटीहरुको नियमित सेवन गर्न आग्रह गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) को हालसम्म कुनै औषधि पत्ता लागिनसकेकोले यो रोगलाई शरीरमा प्रवेश गर्न नदिनु नै सबैभन्दा बुद्धिमानी हुने भन्दै विभागले प्राकृतिक जडिबुटीहरुको नियमित सेवन गेर रोग प्रतिरोधात्मक क्षमता बढाउन आग्रह गरेको हो ।

यस्तो छ जडिबुटीबारे विभागले गरेको आग्रह

१)गुड्ची (गुर्जाे) पाँच ग्राम, आधा लिटर पानीमा पकाएर आधा बाँकी भएपछि चिया जस्तै प्रयोग गरौँ।

२)असुराको पात र बेसारलाई एक लिटर पानीमा पकाएर आँधा बाँकी रहेपछि चिया जस्तै प्रयोग गरौँ।

३)सुठो, मरिच, पिप्ला २ ग्राम र तुलसीको पात पाँचवटा एक लिटर पानीमा पकाएर आँधा बाँकी रहेपछि सेवन गरौँ ।

४) नियमित रुपमा योग तथा प्राणायाम गर्ने गरौँ ।

साथै विभागले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले सुझाएका सबै उपायहरु अबलम्न गर्न पनि आग्रह गरेको छ ।

१)अत्यावश्यक काम बाहेक घरबाहिर नजाऔँ

२) घरबाहिर निस्कँदा मुख नाक छोप्ने गरी मास्क प्रयोग गरौँ

३) साबुनपानीले मिचिमिचि पटक पटक हात धुने गरौँ

४) अनावश्यक रुपमा मुख नाक तथा आँखामा हात लग्ने र मिच्ने नगरौँ

५) अभिवादनका लागि हात मिलाउने र अकंमाल गर्नुको साटो नमस्कार गरौँ

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार