प्रेस डटकम अनलाइनको समाचार हटाएको बिषयमा छानबिन गर्न पत्रकार महासंघको माग

प्रेस डटकम अनलाइनको समाचार हटाएको बिषयमा छानबिन गर्न पत्रकार महासंघको माग

चैत्र २० काठमाडौं

नेपाल पत्रकार महासंघले काठमाडौं प्रेस डटकम अनलाइनको समाचार सेवा प्रदायक कम्पनीले हटाएको विषयमा छानबिन गर्न माग गरेको छ ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले समाचार हटाउन दबाब दिएको र नमानेपछि सेवा प्रदायक कम्पनीलाई दबाब दिएर समाचार हटाउन लगाएको भनी काठमाडौं प्रेसले महासंघलाई जानकारी गराएको छ ।

‘महासंघ राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रताविरोधी यस्तो कार्यको कडा शब्दमा भत्र्सना गर्दछ र घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दछ’ महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीमा समाचारमा चित्त नबुझे वा कुनै गुनासो भए खण्डन गर्ने र त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदा हुँदै समाचार हटाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरिएको छ ।

त्यस्तै अनलाइन पत्रकार स‌ंघले पनि विज्ञप्ती जारी गरी घटनाको विरोध जनाएको छ । सं‌घले घटनाको छानविन गरी दोषीमाथि हदैसम्मको कारबाहीको माग गर्दै आगामी दिन यस्ता कार्य नगर्न नगराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार