लकडाउनको दशौं दिन : मुसिकोट नगरपालिका द्धारा बजार अनुगमन

लकडाउनको दशौं दिन : मुसिकोट नगरपालिका द्धारा बजार अनुगमन

चैत्र २० रुकुम पश्चिम
लकडाउनको दशौं दिन आज बिहिबार रुकुम (पश्चिम) को मुसिकोट नगरपालिकाले केहि बजार क्षेत्रमा अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय र मुसिकोट नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिकाको वडा नम्बर १ खलंगामा रहेका ५ वटा पसल र वडा नम्बर ५ बागबजारमा रहेका २ वटा पसलको अनुगमन गरिएको हो ।
बिश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम स्वरुप नेपाल सरकारले लकडाउन गरेपछि बजारमा हुन सक्ने कालो बजारीलाई रोक्न अनुगमन गरिएको हो । बजार अनुगमन टोलिमा उप-प्रमुख प्रेम कुमारी सुनार, जिल्ला प्रशासन कार्यालयका, उद्योग वाणिज्य संघका प्रतिनिधि र प्रहरी रहेका थिए ।

बजारमा रहेको खाद्यान्न तथा ग्याँसको मौज्दातबारे जानकारी लिन खाद्यान्न तथा ग्याँस पसलहरुको अनुगमन गरिएको मुसिकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काले बताउनु भयो । उहाँका अनुसार बजार अनुगमनलाई निरन्तर दिइने बताउनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार