आजदेखि रुकुम पश्चिममा बैंक तथा वित्तिय संस्था खुल्ने

गाउँमा बचत संकलन तथा समुह बैठक गर्न नपाईने

आजदेखि रुकुम पश्चिममा बैंक तथा वित्तिय संस्था खुल्ने

गाउँमा बचत संकलन तथा समुह बैठक गर्न नपाईने

मुसिकोट । रुकुम पश्चिममा आजदेखि बैंक तथा वित्तिय संस्थाहरू सञ्चालन हुने भएका छन् । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले उक्त अब हप्ताको ५ दिन खुल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताउनुभयो । 

अब बिहान १० बजे देखि दिउँसो २ बजे सम्म आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर बैंक तथा वित्तिय संस्थाहरु खुल्ने भएका छन्। यस अघि हप्तालमा दुई दिन मात्रै बैंक तथा वित्तिय संस्थाहरु खुल्ने गरेका थिए । यसका साथै बैक तथा वित्तिय सस्थाहरुले यस अवधिमा गाउँमा बचत संकलन तथा समुह बैठक गर्न भने पाईने छैन । 

 यस्तै सरकारी कार्यालयले ५० प्रतिशत कर्मचारी उपस्थित गराएर अत्यावयक सेवा प्रवाह गर्ने निर्णय बैठकले गरेको छ । सवारी साधन मर्मत गर्ने वर्कसपहरु बेलुका ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्ने र एम्बुलेन्सको भाडामा एकरुपता ल्याउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक समिति समेत बनाईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार