दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन किसानलाई भैसी वितरण

दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन किसानलाई भैसी वितरण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले वडा नं. ४ र १२ का किसानलाई भैसी बितरण गरेको छ । नगरपालिकामा प्राप्त संघिय सरकारको लागत साझेदारीको भैसी प्रवद्र्धन कार्यक्रम अन्तरगत बिभिन्न समुहका सदस्यलाई भैसी बितरण गरिएको पशु सेवा शाखाले जनाएको छ ।

यस अघि शुक्रबार वडा नं. ४ सोलाबाङका किसानलाई भैसी बितरण गरिएको थियो भने आज सोमबार वडा नं. १२ को जमारुमा भैसी बितरण गरिएको छ । नगरपालीकालाई दुग्धजन्य पर्दाथमा आत्मनिर्भर बनाउने उद्धेश्यले भैसी बितरण गरिएको हो । प्रत्येक किसानलाई २ ओटाका दरले भैसी बितरण गरिएको हो ।

अव वडा नं. ११, १२, १३ र १४ नम्वर वडाका किसानलाई भैसि बितरण गर्न बाँकी रहेको पशु सेवा साखा प्रमुख सरस्वति सापकोटा खड्काले जानकारी दिनुभयो । भैसि खरिदका लागि मुसीकोट नगरपालिकाको २१ लाख ८० हजार, संघिय सरकारको २१ लाख ८० हजार र किसानको ५ लाख खर्च भएको छ ।

जिल्ला भित्रै भैसि खरिद गरि किसानलाई बितरण गरिएको हो । जिल्लाको जुनसुकै ठाउँमा पनि पाल्न सकिने भैसी खरिद गरि बितरण गरिएको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

आइतबार वडा नं. १२ मा नगर उप प्रमुख प्रेमकुमारी सुनार, आर्थिक बिकास समिति संयोजक कमला पुन, वडा अध्यक्ष प्रेम ओली लगायतको सहभागितामा भैसी बितरण गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार