पुँजी अभावको कारण कृषि व्यवसाय गर्नवाट वन्चित हुनुपर्ने छैन : मिन बहादुर केसी

कृषि सम्वाद

Duduwa Corona

पुँजी अभावको कारण कृषि व्यवसाय गर्नवाट वन्चित हुनुपर्ने छैन : मिन बहादुर केसी

कृषि सम्वाद

  • 606
    Shares

मिन बहादुर केसी, कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख हुनुहुन्छ । रुकुमको कृषिको अवस्था र सम्भावना, कार्यालयको गविविधि, कृषिका समस्या लगायतका बिषयमा उहाँसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

  • रुकुम पश्चिममा कृषि उत्पादनको अवस्था कस्तो छ ?

– रुकुम पश्चिम कृषि वस्तु उत्पादनको हिसावले अत्यन्त राम्रो जिल्ला हो । यस जिल्लाको प्रमुख उत्पादनहरुमा धान, मकै, गहुँ र तरकारि बीउ हुन । त्यसैगरी यस जिल्लामा आंप, लिची हुने भुभाग देखी ओखरसम्म फल्ने हावापानी पाईन्छ । यस जिल्लामा कृषि उत्पादनको सम्भावना राम्रो छ ।

  • यहाँको जडिबुटीको सम्भावनालाई कसरी उजागर गर्नुहुन्छ ?

–  यस जिल्लाको केही भु-भागमा जडिवुडी खेतिको पनि राम्रो सम्भावना रहेको छ । साथै, जिल्लामा हाल प्राकृतिक रुपमै रहेका जडिवुटिहरुलाई संरक्षण गर्नुका साथै क्षेत्र विस्तार गर्ने तर्फ पनि हामी सवैको ध्यान जान जरुरी छ ।

  • कृषकहरुलाई प्रोत्साहण गर्न तपाईहरुसँग के के कार्यक्रम छन् ?

– कृषि व्यवसायलाई व्यवसायिकरण गर्न कृषि पेशालाई मर्यादित पेशाको रुपमा स्थापित गर्न जरुरी छ । यस कार्यको लागी नेपाल सरकारले किसान सुचिकरणको अभियान संचालन गरेको छ, यो कार्य हाम्रो जिल्लामा पनि सुरु भै सकेको छ । अव वास्तविक कृषक, ईच्छुक कृषक मात्र त्यसमा सुचिकृत हुनेछन् र त्यसको आधारमा कृषकको वर्गिकरण हुनेछ । सवै व्यक्ति ‘म कृषक हँु’ भन्ने वातावरण सिर्जना हुनेछैन, वास्तविक कृषकहरुको पहिचानको आधारमा योजना बनाएर कार्यन्वयन हुनेछ । साथै कर्णाली प्रदेश सरकारले पनि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत व्यवसाय गर्न चाहने कृषकलाई आकर्षित गर्ने उद्धेश्यले कृषि व्यवसाय गर्ने व्यवसायीलाई सहुलियतदरमा ऋण उपलव्ध गराउँने कार्य शुरु गरीसकेको छ । व्यवसाय गर्ने कृषक पुँजीको कारणले व्यवसाय गर्नवाट वन्चित हुनु पर्ने अवस्था छैन ।

  • कृषि पेशामा युवाहरुको आकर्षण कस्तो छ ?

– कृषि पेशामा युवालाई आकर्षित गर्न नसक्नु, युवा पुस्ता आफैमा कृषि पेशामा आकर्षित नहुनु आजको समस्या हो । कृषि पेशालाई मर्यादित पेशाको रुपमा स्थापित गर्नु पहिलो चुनौती हो । आज जुन किसान हामी सवैका अन्नदाता हुन उनै अपहेलेति हुने, केहि गर्न नसक्ने मान्छे मात्र कृषि पेशामा लाग्दछन् भन्ने सोच चिन्तन त्याग्न जरुरी छ । त्यसै गरी कृषिमा आधुनिकरण, यान्त्रिकरण, व्यवसयीकरण गरी युवा पुस्ताको आकर्षण वढाउनु पर्दछ । साथै कृषि व्यवसाय गर्ने युवालाई सस्तो व्याजदरमा ऋण उपलव्ध गराउने, कृषि वाली बिमालाई अनिवार्य, प्रभावकारी र सजिलो वनाउने, अव उप्रान्त अनुदानलाई हटाउदै युवाहरुले उत्पादन गरेको कृषि वस्तुलाई विक्रिको आधारमा प्रोत्सहान दिने जस्ता कार्यक्रमहरु ल्यायर युवालाई कृषि पेशामा आकर्षित गर्न जरुरी छ ।

  • रुकुममा कृषि उत्पादनमा कुन बालीको सम्भावना राम्रो ?

– रुकुममा सवै कृषि वालीहरुको उत्तिकै राम्रो सम्भावना छ । सर्वप्रथम २०३५/०३६ साल देखि शुरु भएको रुकुमको तरकारी वीउलाई जिल्लाको अपनत्व हुनेगरी सहकारी मार्फत राम्रोसंग ग्रेडिङ्, प्याकेजिङ्ग, लेवलिङ्ग गरी रुकुमको पहिचान सहित वजारीकरण गर्न जरुरी छ । जुन हामीकहाँ उत्पादित तरकारी बीउले स्वदेश तथा विदेशमा आफ्नो पहिचान वनाउन सफल भै सकेको छ । त्यसको साथसाथै यस जिल्लामा खाद्यान्न बालीका विउहरु, हिउँदे फलफुल, वर्षे फलफुल, मसलावाली, नगदे बालीको राम्रो सम्भावना छ । अहिले कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा अगाडि वढाउन लागिरहेको अवस्थामा रैथाने वालीहरु जस्तै कोदो, फापर, चिनो, कागुनो, जरन धान, गरायलाको कालो मास लगायतका वालीहरुको पनि उत्पादन गरी मनग्य फाईदा लिने सम्भावना झनै धेरै छ । हिजोआज केहि विदेशवाट आयातित फलफुल लगायतका बालीहरुको खेति गर्नुपर्छ भन्ने चासो वढेको देखिन्छ । त्यस विषयमा यहांको सम्भाव्यता अध्यनन गरेर मात्र अगाडी वढ्नुपर्ने देखिन्छ ।

  •  यहाँका कृषकहरुको खास समस्याहरु के के हुन ?

– कृषि व्यवसाय आफैमा समस्यै समस्यामा जेलिएको व्यवसाय हो । यसका थुप्रै समस्याहरु छन् । त्यसमध्य उत्पादित वस्तुको बजारीकरणको समस्या अली जटिल रुपमा देखिन्छ । यसको लागी तिनै तहका सरकारहरुले कृषकले उत्पादन गरेको कृषि उपजहरुलाई नजिकैको स्थानमा संकलन केन्द्रहरु स्थापना गर्ने, ढुवानी साधनहरुको सहज पहुँच वनाउने र कृषकको पिठ्यूवाट डोको र नाम्लो छुटाउन जरुरी छ । साथै कृषि बाली विमालाई अनिवार्य र सहज वनाउनु पर्दछ । सम्भव भए सम्म कृषकले उत्पादन गरेको वस्तु स्थानीय सरकारहरुले खरिद गर्ने व्यवस्था गर्न जरुरी छ । त्यसो गरेमा किसानहरु ढुक्कसंग उत्पादनमा लाग्दछन् साथै आवश्यकता अनुसार मल, बीउको समयमा नै व्यवस्थापन गर्नुपर्दछ ।

  • तपाई लामो समय देखि कृषि क्षेत्रमा निरन्तर काम गरि राख्नुभएको छ । तपाईको अनुभवमा निर्वाहमुखि खेति प्रणालीलाई व्यवसायकी बनाउनको लागि के गर्नुपर्छ ?

– निर्वाहमुखि खेति प्रणालीबाट हामी सवै अछुतो हुन सकेका छैनौ । हरेक कृषि कार्यलाई व्यवसायीकरण गर्न जरुरी छ । धेरै कुरा मैले अघि पनि भनिसकेको छु । निर्वाहमुखि खेति प्रणालीलाई तोड्न हामी चक्लावन्दि खेति, पकेट, व्लक कार्यक्रममा जानुपर्दछ । व्यवसायी बन्ने कृषकहरुलाई सुरु-सुरुमा आकर्षणका कार्यक्रमहरु संचालन गर्ने, ठुला-ठुला कृषि उत्पादन फार्महरुलाई सहुलियत दरमा व्याज अनुदान दिने, यान्त्रिकरणमा जोड दिने, विद्युत खपतमा सहुलियत दिने, उत्पादित वस्तुको वजारीकरणमा जोड दिने, कृषि विमा कार्यक्रमलाई अनिवार्य तथा सहज वनाउने आदी कार्य गरेमा कृषकलाई व्यवसायीकरण गर्न सकिने सम्भावना रहन्छ ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार