‘अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अब छैन’ : रमेश पुन मगर

कोरोना नियन्त्रण, रोकथाम र उपचारका पहल बारे गरिएको संवाद

‘अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अब छैन’ : रमेश पुन मगर

कोरोना नियन्त्रण, रोकथाम र उपचारका पहल बारे गरिएको संवाद

रमेश पुन मगर, त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँसँग गाउँपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि गरेका प्रयास र गाउँपालिकाका आगामी बजेट प्राथमिकताका बारेमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

  • कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागि गाउँपालिकाले के कस्तो काम गर्दै आएको छ ?

–  सर्वप्रथम उजेली न्युज डटकमलाई हार्दिक धन्यवाद । हामिले त्रिवेणी गाउँपालिका भित्र कोरोना संक्रमण रोकथाम तथा न्युनिकरण गर्नको लागी जिल्ला कोभिड संकट व्यस्थापन समितिको निर्णयहरु र कोभिड संकट व्यवस्थापन केन्द्रबाट आएका निर्णयहरु कार्यान्वयन गर्नको लागी सम्पुर्ण वडा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरुमा परिपत्र गर्ने, जनशक्ति परिचालन गर्ने, कोभिड १९ सम्वन्धि जनचेतना अभिवृद्धी गर्ने, एन्टिजेन परिक्षण गर्ने, सामान्य अवस्थाका विरामीहरुलाई होम आईसोलेसनमा वस्ने व्यवस्था गर्ने र जटिल अवस्थाका विरामीहरुलाई गाउँपालिकाको कोभिड अस्पतालमा राखेर उपचार गर्ने काम ग¥र्यौ । यसका साथै सम्पुर्ण वडाहरुमा वडा अध्यक्ष र स्वास्थ्यकर्मीहरुको टोलीले घरदैलो अभियान संचालन गरेर ज्वरो नाप्ने, औषधी वितरण गर्ने, परामर्श दिने, एन्टिजेन परिक्षण गर्ने, कोभिड १९ सम्वन्धी जनचेतना अभिवृद्धि गर्ने लायतका कार्य गर्दै आइरहेका छौ ।

  • कोरोनाको दोस्रो भेरियन्ट सुरु भएको अवस्थामा तपाईको पालिका भित्रका नागरिकले अक्सिजन नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आएको थियो । अहिले अवस्था कस्तो छ ? अक्सिजनको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

– हाम्रो गाउँपालिका रुकुम पश्चिमको प्रवेशद्वार भएको कारणले गर्दा शुरुमा हाम्रो  जिल्लाका अरु पालिका भन्दा अलि बढी नै संक्रमित भएको र मृत्यु भएको अवस्था थियो । अहिले हाम्रो अस्पतालमा ८ वटा अक्सिजन कन्सन्टेटर र ३८ वटा अक्सिजन सिलिण्डर रहेका छन् । जसमा ४ वटा अक्सिजन सिलिण्डर प्रयोगमा आईसकेको र ३४ वटा स्टकमा रहेका छन् । त्यसैले अक्सिजनको अभावमा गाउापालिकाका जनताले ज्यान गुमाउनुपर्ने अवस्था अब छैन ।

  • पछिल्लो समय गाउँघरमा निषेधाज्ञा फितलो हुँदा कोरोना संक्रमण थप फैलिएको भन्ने गुनासो छ । यसलाई कडाइ गर्न किन नसकिएको ?

– सर्वप्रथम कोभिड १९ रोकथाम र नियन्त्रणको लागी जनताहरु सचेत हुनुपर्ने र स्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने देखिन्छ । हामिले प्रत्येक वडामा वडा अध्यक्षज्युहरुको अध्यक्षतामा वडा स्तरिय कोभिड १९ रोकथाम तथा नियन्त्रण समिती गठन गरेका छौ । सो मार्फत वडाहरुमा नियन्त्रणका प्रयासहरु भई रहेका छन् । सुरक्षाकर्मीहरुको समेत राम्रो साथ रहेको छ । साथै आ.व.को अन्त्य तिर भएकाले विभिन्न योजनाहरु सम्पन्न गर्नुपर्ने हुन्छ, ती योजनामा काम गर्ने मान्छेहरुले गर्दापनि केही संक्रमण भएको छ की भन्ने लाग्छ ।

  • गाउँपालिकाको सानो बजेटले कोरोना नियन्त्रण गर्न सम्भव होला त ? कोरोना रोमथाम नियन्त्रण र उपचारमा संघ र प्रदेश सरकारबाट कस्ता किसिमका सहयोग पाउँनुभएको छ ?

– यो वर्ष हामीले केही बिषयगत शाखामा भएको कार्यक्रमलाई संशोधन गरी कोभिड १९ कोषमा रकमान्तर गरेका छौ । यहाँको सानो बजेटवाट यसलाई नियन्त्रण गर्न गाह्रो हुने देखिन्छ । त्यसैले संघीय सरकार र प्रदेश सरकारबाट पर्याप्त वजेट व्यवस्था भएमा कोभिड नियन्त्रण गर्न सकिन्छ । यो वर्ष संघीय सरकारबाट १९ लाख र प्रदेश सरकारबाट १५ लाख कोभिड १९ रोकथाम नियन्त्रणमा सहयोग प्राप्त भएको छ ।

  • गत बर्ष कोरोना कहरकै बिचमा पनि तपाईहरुले आफ्नो पालिका क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्ने सर्वसाधारणलाई खाद्यन्न वितरण गर्नु भएको थियो, तर यसपालि राहत वितरणका कुनै पनि काम गर्नु भएको छैन, किन होला ?

– यो वर्ष हामीसँग आर्थिक सहायता गर्ने त्यस्तो कुनैपनी कार्यक्रम थिएन । गाउँपालिकाका विभिन्न योजनाहरु सम्पन्न भई केही भुक्तानी समेत भएकोले हामीसंग त्यस्तो कामको लागि आर्थिक अभाव भयो । त्यसैले यस पटक ज्याला मजदुरी गर्ने सर्वसाधारणलाई खाद्यान्न वितरण गर्न नसकिएको हो ।

  • बजेटको कुरा गरौं, आगामी आर्थिक वर्षका लागि बजेट बनाउने बेला भएको छ । यसपटक तपाईको पालिकामा के के प्राथमिकता परेका छन ?

– आ.व. ०७८/०७९ को वजेटमा त्रिवेणी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषी, रोजगार र पर्यटन क्रमैसँग वजेटमा परेका प्राथमिकतामा परेका बिषयहरु हुन् ।

  • अन्तमा, आम त्रिवेणीवासी जनतालाई के भन्न चाहनुहुन्छ ?

– त्रिवेणी गाउँपालिका जनता संगै छ । यहाँका जनताहरुको आर्थिक, सामाजिक र साँस्कृतिक बृद्धि विकास, साथै विकासको समृद्वीतर्फ पु¥याउनको लागी सरकार दिनरात काम गरिरहेको छ । हाम्रा जनताहरुको पनि यसमा साथ सहयोग रहेको छ । आगामी दिनमा पनी यसरी नै सरकारलाई साथ सहयोग र समर्थन हुनेछ भन्ने कुरामा विश्वस्त हुन चाहान्छु । अन्तमा, गाउँपालिकाका कुरा कुरा र केही कार्यक्रमहरु जनतासमक्ष पु¥याउन सहयोग गरेकोमा उजेली न्युज डटकमलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार