रुकुम पूर्वमा अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य उपकरणको लागि २ करोड बढी रकम थप

रुकुम पूर्वमा अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य उपकरणको लागि २ करोड बढी रकम थप

रुकुमकोट । कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा उपचारको लागि रुकुम पूर्वमा २ करोड बढी रकम प्राप्त भएको छ । सोमबार र मंगलबार संघीय सरकारले बिभिन्न शिर्षकमा रुकुम पूर्वको लागि २ करोड ५ लाख रकम निकाशाका लागि सहमती दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागको आधारमा अर्थ मन्त्रालयले उक्त रकम निकाशाको लागि सहमती प्रदान गरेको रुकुम पूर्व अस्पतालले जनाएको छ । रुकुम पूर्व अस्पतालका प्रमुख डाक्टर गणेश चौधरीका अनुसार संघीय सरकारबाट हिजो मंगलबार जटिल खालका विरामिहरुको उपचारको लागी ५ शैयाको हाई डेपेन्डिेन्सी युनिट (High Dependency Unit) स्थापना को लागी ८० लाख बजेट निकाशा भएको बताउँनुभयो ।

त्यसैगरी सोमबार जिल्ला अस्पताल रुकुम पूर्वमा अक्सिजन प्लान्ट स्थापनाको लागि समेत ७५ लाख थप रकम निकाशा भएको छ । अक्सिजन प्यान्ट जडान भएमा कोरोना संक्रमित बिरामीहरुको उपचारको लागि आवश्यक अक्सिजन उत्पादन र सिलिण्डर भर्ने काम जिल्लामै हुने छ ।

सोमबार नै कोभिड १९ प्रतिकार्य, कोभिडवार्ड व्यवस्थापन एवम् अति आवश्यक स्वास्थ्य सामाग्रि व्यवस्थापनको लागी थप ५० लाख रकम निकाशा भएको छ । यसले जिल्लामा कोभिड बिरुद्ध महत्वपूर्ण कार्य हुने अस्पताल प्रमुख डा. चौधरीले जनाउनुभयो ।

दुई दिनमा अर्थ मन्त्रालयबाट कोरोना बिरुद्ध कार्यको लागि २ करोड ५ लाख रकम निकाशा भएको हो । तीन ओटै शिर्षकको बजेटको लागि कार्यालयमा अख्तियारी प्राप्त हुने बित्तिकै काम सुरु गरिने प्रमुख डा. चौधरीले बताउँनुभयो ।

कोरोना महामारी बिरुद्ध जिल्लामा काम गर्नलाई संघीय सरकारले गरेको यो सहयोग प्रभावकारी हुने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य लिलामणी गौतमले जनाउनुभयो । जिल्लावासीको तर्फबाट प्रदेश सरकार र संघीय सरकारसँग गरिएको माग र लगातारको समन्वको कारण जिल्लाको लागि उक्त रकम आउनु जिल्लावासीको लागि खुशिको कुरा भएको गौतमले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार