ज्वरो आएर अस्पताल भर्ना भएकी महिलाको मृत्यु

ज्वरो आएर अस्पताल भर्ना भएकी महिलाको मृत्यु

चैत २३ काठमाडौ

काभ्रेको धुलिखेल अस्पतालमा ज्वरो आएर भर्ना भएकी एक महिलाको मृत्यु भएको छ। अस्पताल भर्ना भए लगत्तै पनौती नगरपालिका-१२ की ४८ वर्षीया मधुमाया तामाङलाई मृत घोषणा गरिएको थियो।

एक्कासि पेट, टाउको दुख्ने र उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखिएपछि परिवारले तामाङलाई तत्कालै अस्पताल पुर्‍याएका थिए।

अस्पताल प्रशासनले कोरोना भाइरसको संक्रमणको आशंकामा मृतकको थ्रोट स्वाब परिक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाएको छ। मृतक तामाङकी छोरी केही समयअघि मात्र कतारबाट फर्किएको जनाइएको छ।

गत चैत ३ गते २८ वर्षीया छोरी सुकमाया तामाङ कतारबाट फर्किएकी हुन्। सुकमाया र उनको सम्पर्कमा रहेका व्यक्ति क्वारेन्टाइनमा छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार