मैले के बिराए ?

मैले के बिराए ?

श्रीमति/घर-परिवारलाई आफुसङ्ग अलग्याएर बिरामिको सेवामा लागे त मैले के बिराए ?

महामारिको घडीमा आफू संक्रमीत हुने डर देखाइन त मैले के बिराए ?

मलाई कसैको अगाडि ज्यु-ज्यु हजुर गर्न आएन त मैले के बिराए ?

जस-अपजस बिच पनि मैले निरन्तर बिरामिको सेवा नै गरे त मैले के बिराए ?

घाम-पानी, भोक-प्यास अनि निद्रालाई नि अटेर गरि खटिरहे त मैले के बिराए ?

आफू र आफ्नामाथी अन्याय हुँदा चुप बस्न सकिन त मैले के बिराए ?

तर अब कतिन्जेल मैले मात्र बिराउने?

कतिन्जेल नियम-कानुनको पालना मैले मात्र गर्ने?

कतिन्जेल स्वास्थ्यकर्मीलाई मात्र दोसारोपन गर्ने?

कतिन्जेल खटिरहने? जस पनि नपाउने अनि कतिन्जेल आफ्नै विरुद्ध आरोप खेपिरहने?

यहाँ सबैले सुझेका छन्, बुझेका छन् । एकाअर्कालाई खुशी पार्दै ठीक्क छन् । तर कतिन्जेल अरुको गोलि हान्ने काध थापेर हामी मात्र मारमा परिरहने?

(सबै कोरोना विरुद्ध लड्ने, खटिरहने स्वास्थ्यकर्मीमा समर्पित)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार