स्मार्टफोन ब्रान्ड पोको एम ३ प्रो नेपालमा सार्वजनिक

स्मार्टफोन ब्रान्ड पोको एम ३ प्रो नेपालमा सार्वजनिक

काठमाडौं । स्मार्टफोन ब्रान्ड पोकोले एम ३ प्रो ५ जी नेपालमा सार्वजनिक गरेको छ । पोको एम ३ प्रो डुअल ५जी सपोर्टको साथ इमर्सिभ ९० हर्जको फुलहाई डेफिनिसन डिस्प्ले र फ्ल्यागशिप लेभलको ७ न्यानोमिटर एफिसियन्सी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

‘म्याड स्पिड, किलर लुक्स’ को ट्याग लाइनका साथ पोको एम ३ प्रो ले एड्भान्स्ड् टेक्नोलोजी र ट्रेन्डसेटिङ डिजाइनको संयोजनलाई बोकेको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “यो नयाँ स्मार्टफोनले पहिलेका सबै पोको प्रशंसक र नयाँ उपभोक्ताहरूको पनि मन जित्नेछ ।”

४८ एमपीको स्टनिङ ट्रिपल क्यामेरा एरे, ५ हजार एम्पीयर ब्याट्रिलगायत विशेषता रहेको कम्पनीले जनाएको छ । पोको एम ३ प्रो यल्लो, पावर ब्ल्याक र कुल ब्लुमा उपलब्ध रहेको जनाइएको छ । ४ जीबीर६४ जीबी भएको फोनको मूल्य २४ हजार रहेको कम्पनीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार