नयाँ स्वरूपमा हिमाल बजारमा

नयाँ स्वरूपमा हिमाल बजारमा

हिमाल र नेपाली टाइम्स अंग्रेजी साप्ताहिक प्रकाशन संस्था हिमालमिडिया प्रालिका अनुसार १ भदौबाट हिमाल मासिक स्वरूपमा बजारमा आएको
हो। यसअघि हिमाल साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको थियो।

हिमाल पुनः छापा प्रकाशनतर्फ फर्कंदा शुरूदेखि नै बोकेको दर्शन र सिद्धान्तप्रति वफादार रहने प्रकाशक कनकमणि दीक्षितले जानकारी दिनुभयो। हिमालले विशेष गरी मानव अधिकार, सामाजिक न्याय र प्रतिनिधिमूलक शासनको पक्षमा निगरानी गर्ने उहाँको भनाइ छ।

अबको मासिक हिमाल अर्थ-राजनीतिमा केन्द्रित हुने भएको छ। २०४७ सालमा वार्षिक रूपमा प्रकाशन थालिएको हिमाल त्रैमासिक, द्वैमासिक, पाक्षिक हुँदै साप्ताहिक बनेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार