के माओवादीको रूपान्तरण होला ?

krishi
Duduwa Corona

के माओवादीको रूपान्तरण होला ?

  •  
  •  
  •  
  •  
  •  
  •  

प्रचण्डका अभिव्यक्तिहरूले बेलाबखत पार्टी भित्र र पार्टी बाहिर तरंग ल्याउछन् ।जसले गर्दा केहीलाई झस्किने र केहीलाई मस्किने बनाउँछन् । केहीलाई तर्सिने र केहीलाई फस्किने बनाउँछन् ।

यही महसुर चातुर्ताले प्रचण्ड त रहन्छन् तर प्रचण्डभित्रको प्रतापि कमजोर बनेपछि विलम्बमा उनका चेत खुल्छन । यही हो शान्तिपूर्ण राजनीतिमा आएपछि प्रचण्डको वलन्डर । प्रचण्ड वलन्डर मात्रै होनन् बबन्डरी प्रचण्ड हुन ।

अर्थात क्रान्तिको तुफान ,आँधीवेहरी र ज्वारभाटा ल्याउने । अप्ठ्यारोमा हेलिन सक्ने र सजिलोमा बेरिएर ढिकमूनि गएको थाहा नपाउने । प्रचण्डको निकै कमजोर खोट सेकेन्ड म्यान भएर बस्न नचाहने हिजो , आज र भोलि पनि एकता र रूपान्तरणको बाधक प्रवृत्ति । रूपान्तरण स्वाङ मात्रै होभन्ने सर्वत्र आशंका । किनकि रूपान्तरणको लागि प्रचण्ड आफै कति तयार भएका हुन् ? यो उनको व्यवहारले बताउने कुरा हो ।

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड पछिल्लो बैठकमा आफ्नो तर्फबाट ८ पेज लामो समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्नु अघि पार्टी बनाइराख्छौँ, सरकार चलाइराख्छौँ, मन्त्री भइराख्छौँ भन्ने जति पार्टीहरू फाँसिष्ट पार्टीमा पतन भए । हामीले गोर्भाचोभ, यल्तसिनहरू देख्यौँ, अरु–अरु थुप्रै देख्यौँ ।

पार्टी सिँगै छँदैछ । सबै छ तर, त्यो क्रान्तिकार छैन । जनताप्रति इमान्दार छैन । वर्गप्रति इमान्दार छैन । सिद्धान्तप्रति इमान्दार छैन । निष्ठावान छैन । त्यस्तो नहुनुभन्दा पार्टी नै विघटन गरेर बरु अध्ययन/अनुसन्धानमा, जनताको सेवामा, किताब लेखेर हुन्छ कि, संस्मरण लेखेर हुन्छ कि बस्नु बढी इमान्दारिताको कुरा हुन्छ । आफ्नो राजनीतिक जीवनमा यो सबभन्दा नमिठो तर जीवन्त अनुभूति सायदै पहिलोपटक अभिव्यक्त गरे ।तर यो अनुभूति माओवादी रूपान्तरणको लागि निकै विलम्ब हो ।

प्रचण्डले गरेका प्रश्न अहिले हिँडिरहेको बाटो हामीले ब्रेक गर्ने हो कि होइन ? हामी मुखले मात्रै ब्रेक गर्ने हो कि व्यवहारमै ब्रेक गर्ने हो ? ब्रेक गर्ने विचार, ब्रेक गर्ने राजनीति, ब्रेक गर्ने रणनीति, कार्यनीतिको खोजी हामीले कहिलेदेखि गर्ने ? यी यावत प्रश्नहरू प्रचण्डले सम्बोधनका क्रममा बोलेका छन् । माओवादी पार्टीको आवश्यकता नै किन पर्यो ? हामीले कम्युनिष्ट पार्टी हौँ, किन भनिराख्ने ? हामी क्रान्तिकारी मार्क्सवादी हौँ किन भनिराख्ने ? बरू त्यो नभन्नु इमान्दारिता हुन्छ । प्रश्न सिधा र सटिक छन ।तर यसको गांभिर्यतामा उभिएर माओवादीले रूपान्तरणको प्रयास थाल्छ कि थाल्दैन सवाल यो हो ।

अब छलफल/बहस चलाएर थप विलम्ब गर्नु किंचित राम्रो होइन । प्रश्नबाट अर्को प्रश्न खडा गर्नु कहिल्यै जवाफ दिन नसक्ने बहस छलफल किन जरुरी ? बुर्जुवाजस्तै हुने हो भने संगठन के काम ? अर्को कुरा माओवादी पार्टीमा अवसरवादीहरू चर्को बोलवाल छ भन्ने कुरा पनि चर्को छ । यो कुरा सत्य हो । तर सत्यको अर्को पाटो पनि भन्नैपर्छ माओवादी पार्टीले अवलम्बन गरेको निति बिचारले अवसरवादीहरू पैदा भएका हुन् ।

क्रान्तिकारी र अवसरवादी नचिन्ने भएका कारणले पार्टीभित्र अवसरवादी , दलाल , ठेकेदार , कमिसनखोरहरू , विभिन्न माफियाहरू गुलाम ,चाकडी , चाप्लुसी गर्ने मान्छेहरू वृद्धि भएका हुन । त्यो सबै बिचार दृष्टिकोणमा आएको बिचलनका कारणले हुन् । मुखले क्रान्तिकारी कुरा गर्ने व्वबहार सामन्ती हुने। यस्तो खालको हर्कतको अपेक्षा माओवादीबाट कसैले पनि गरेको होइनन् ।

कटु सत्य । माओवादी नेतृत्वतहका व्यक्तिहरूको हकिकत व्यबहारले यही देखाउँछ कि मन्त्री सांसद बन्न मरिहत्ते गर्ने । जसरी नि टिकट चाहिने । नभए पार्टी छोड्ने , भएका या नभएका , जोडेर या छोडेर पोल खोल्छु भन्ने , घुर्कि धम्की दिने , गुट फेर्ने नभए अर्को गुट बनाउने गजबका प्रवृत्तिहरूले गाँजेको माओवादी नेतृत्व तह यही काइदामा टेकेर बेरोकठोक फाइदा लिने जनता हो ? इमानदार नेता कार्यकर्ता हो ? होइन । सांसद बन्ने ।

अनि, पैसा उठाउने पुँजीपतिहरूसँग, दलालहरूसँग साँठगाँठ , उठबस , हिमचिम पैसा त्यसपछि उनीहरूले भनेअनुसार नीति नियम बनाउने । त्यसो नभए चुनाव नजितिने डर। पैसा नभए भाडाका जस्ता कार्यकर्ता नहुने परिचालन गर्न नसकिने। जम्मै हिसाबकिताब सांसद र मन्त्री भएपछि असुली उपरको खेलमा चुर्लुम्म अनि कतिबेला हो देश र जनताको लागि काम ? ढिलो भएपनि यो समीक्षा सकारात्मक हो । यो समीक्षालाई फेरि समीक्षामा मात्रै सिमित बनाउने या ठोस योजना र कार्यक्रम बनाएर लागु गर्ने ? प्रश्न अहं छ ।

विगतमा भएका कयौं समीक्षाहरू लागू गर्न नसकेर माओवादी पार्टी रूपान्तरण हुन सकेन । जसले गर्दा माओवादीले राजनीतिक रूपले निकै ठुलो मुल्य चुकाउनु परेको कटु यथार्थ कतै छिपेको छैन । सम्बोधनमा प्रचण्डले निकै उद्रेक , दिग्दारी र उद्दिगनता मात्रै पोखेनन् माओवादी पार्टी रूपान्तरणको लागि एकपटक सबैले त्याग र संकल्प गर्नुपर्ने जोड गरे ।

उनको समीक्षात्मक सम्बोधनमा अभिव्यक्त भएका कुराहरू सही हुँदाहुँदै पनि विगतका घटनाक्रमले सन्देह भैरहने सुविधा नेता , कार्यकर्ता र सिंगो पार्टीलाई छ । सन्देहको घेराबाट जब रूपान्तरणको लागि प्रचण्ड स्वयं अग्रसर हुन्छन् तब त्यसले पार्टीभित्र आशाको रक्तसञ्चार हुन्छ । निराश र थकित भएका नेता कार्यकर्ताले फेरि राजनीतिमा आफ्नो भविष्य देख्छन् ।

र जिम्मेवारीलाई कर्तव्य ठानेर पूरा गर्छन् । उनलेे बैठकलाई सम्बोधन गर्ने क्रममा व्यक्त गरेका कुराहरूलाई आधार मानेर हेर्ने हो भने माओवादी रूपान्तरणको निम्ति आफैप्रतिको आक्रमणीय सांकेतिक निर्ममता हो वा निराशाको अभिव्यक्ति ? यो प्रश्न निकै गंभीर छ । माओवादी पार्टी रूपान्तरणको लागि समीक्षाका बिषयहरू केके हुनसक्छन् यो बिषयमा थोरै चर्चा गर्न आवश्यक छ । जसलाई निम्नानुसार सुत्रवद्ध गर्न सकिन्छ ।

समीक्षा नं १ बिचारको तहमा :-

आज माओवादी ठुलो बैचारिक संकटमा छ । स्पष्ट बैचारिक मार्गदर्शन छैन । मालेमावाद एउटा जिरह मात्र बनेको छ । खाली जिरहले पार्टी भित्र र बाह्र राजनीतिक अन्तरबिरोधहरूलाई कसरी हल गर्न सक्छ ? त्यसकारण त्यो बैचारिक जिरहलाई व्यवहारमा जोड्ने कसरी हो ? यो बिषयमा घोत्लिन जरुरी छ ।

त्यो बैचारिक हतियारको जिरह कित त्याग हो कित बिकास नै हो । जिरहको यस्तो दयालाग्दो बिलखबन्दमा पार्ने छुट माओवादीलाई छैन । यो बिलखबन्दले नै माओवादीको राजनीतिक मुल्यबोधमा कमि आएको साँचो हो ।

समीक्षा नं २ राजनीतिक क्षेत्रमा :-

चुनाव हारेर पनि जितेका छौं । किनकि घरिघरि सत्ता चलाउन पाइएकै छ । नाताकुटम्ब , छोरी लियो छोरी दियो , आमा र मामापट्टिका मान्छेहरूलाई भएकालाई हटाएर नभएकालाई पद सृजना गरेर सत्ताको सुविधा दिइएकैछ । गुलामी , चाकडी चाप्लुसी र हनुमानहरू बनाइएकैछ ।

दलाल , ठेकेदार , भ्रष्ट र कमिसनखोरहरूबाट सुविधा प्राप्त गरिएकै छ । शहरमा आलिसान महल र विभिन्न कम्पनीहरूमा शेयर लगानी गरिएकै छ । अलि अलि बिरोध गर्नेहरूको मुख बन्द गरिएकै छ । आदि इत्यादि सेटिङ भैरहेको छ भने थप झन्झट किन गर्ने ? यही आत्मरतिले खायो माओवादीलाई । तासको खेल खेल्नेहरूलाई तुरूपको महत्त्व थाहा हुन्छ ।

कहिलेकाही फरक रंगको पत्तिले तुरूप रंगको एक्कालाई खसाउँछ । तुरूप रंगको एक्का भएर पनि काम लाग्दैन । मानौ या नमानौं पछिल्लो समय माओवादीको बिकास भएको राजनीति तुरूपे राजनीति हो । कसैलाई उठाउने र कसैलाई ढलाउने प्रवृत्ति हो यो । यो कमजोर मानसिकताको उपज पनि हो । किनकि यो व्यवस्थाको सबभन्दा ठुलो मतियार र फट्के किनाराको साँक्षी माओवादी हो ।

समीक्षा नं ३ संगठनको क्षेत्रमा :-

२०७४ सालमा सम्पन्न तीनै तहको चुनाव यता माओवादी पार्टी केवल प्रचार र औपचरिकतामा सिमित हुनु बाहेक यसका संगठनात्मक गतिविधिहरू शुण्यप्राय: छन् । पार्टीलाई गतिशील र चलायमान बनाई राख्ने , पार्टीको आन्तरिक लोकतन्त्रिक अभ्यास शुण्यप्राय: । व्यक्तिवादी मनमर्जिले निति विधि बनाएर फरक र रचनात्मक सुझाव सल्लाह दिनेहरूलाई पुरै निशेध गर्ने , फाइदा देखे बिरोधिलाई पनि साख बनाउने र नोक्सानी देखे साखलाई पनि पराइ बनाउने , छलछाम , दाउपेच आदि । भेला , सम्मेलन , अधिवेशन , प्रशिक्षण ,बैठक आदि इत्यादि केही नगरि नेता हुन पाइने पार्टी । बिधानलाई खोपीमा राखेर चल्ने पार्टी । न दण्ड नजरिमाना । बैठक बसेपनि एजेन्डामा , निर्णयमा र कार्यान्वयनमा केही नहुने ।

पार्टीका जनवर्गीय संगठनहरू निश्कृय प्रायः र अस्तव्यस्त । पार्टी संगठन पुरै निश्कृय । जनसम्बन्ध पुरै सम्बन्ध बिच्छेद जस्तै । अनि माओवादी जनताको बिचमा कसरी जीवित हुन्छ ?

समीक्षा नं ४ नीतिगत क्षेत्रमा :-

माओवादी पार्टीको नीतिगत क्षेत्र हात्तीको देखाउने दाँत जस्तै बनेको छ । यो मनोगत होइन माओवादी अध्यक्ष प्रचण्डकै भनाइ हो । किनकि माओवादी आन्दोलनले स्थापित गरेका कयौं युगान्तकारी नीतिगत सवालहरू छोडेको अवस्था छ । यो माओवादी पार्टीको नीतिगत बिचलन नै हो ।

खासगरी समाजमा सदीयौंदेखि राजनीतिक , आर्थिक , सामाजिक , साँस्कृतिक र अन्य जीवनयापनका सबै क्षेत्रबाट बञ्चितिकरणमा पारिएका उत्पीडित बर्ग समुदायको सामाजिक न्याय , समानुपातिक र समाबेशिकरण माओवादी आन्दोलनका एजेन्डा हुन् / पुँजी हुन् । तर यीन‌ै महत्त्वपूर्ण पुँजीलाई माओवादीले आज आत्मसात गर्न नसकेको प्रचण्डले पटकपटक स्वीकार गरेका छन । तर यसलाई आत्मसात गरेर लागू गर्न निर्देशन गरेका छैनन् ।

यो विडम्बना हो । संगठन र राजनीतिमा यसको प्रयोग आज अरू राजनीतिक शक्तिहरूले गर्ने गरेको र यी महत्त्वपूर्ण पुँजीवाल माओवादी पार्टी भित्रको उच्च अभिजात सामन्ती अन्धजातीवादीहरूले यसलाई मनमर्जिको बिषय बनाएर उपहास गरिरहेका छन् ।

त्यतिमात्र नभएर समानुपातिक उमेदवार प्रणालीलाई माओवादी पार्टीले झुठको पुलिन्दा बनाएको छ । सखियाहरूलाई सेटिङ गर्ने प्रणालीको रूपमा स्थापित गरेको छ । समानुपातिक र समाबेशि प्रणालीलाई साँच्चै मजाक बनाएको छ ।

यीनै बिषयहरूको पृष्ठभूमिमा माओवादी पार्टीले निर्मम समीक्षा र वस्तुनिष्ठ योजना तथा नीति कार्यक्रम बनाएर आम कार्यकर्ता र जनताको बिचमा जान सक्यो भने निश्चय नै माओवादी पार्टी पुनः एकपटक परिवर्तनको संवाहक बन्न सक्छ । प्रचण्डको भनाइमा जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने र समाजवादी क्रान्तिको यात्रालाई नेतृत्व गर्ने पार्टी बन्न सक्छ । त्यसको लागि रूपान्तरण पहिलो सर्त हो ।

लेखक गणेश चिन्तन अध्यक्ष नेपाल पत्रकार महासंघ रुकुम पश्चिम पुर्ब अध्यक्ष

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार