नबिल बैंकमा एटीएमबाटै पैसा जम्मा गर्न सकिने

नबिल बैंकमा एटीएमबाटै पैसा जम्मा गर्न सकिने

नबिल बैंकमा एटीएमबाटै पैसा जम्मा गर्न सकिने भएको छ । ग्राहकहरूको सहजतालाई मध्यनजर गर्दै बैंकले नबिल क्यास मेसिन जारी गरेको हो । आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित हुँदै यो सुविधा ल्याएको बैंकले जनाएको छ ।

यो सुविधा बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरिएको छ । मेसिनमा एक हजार, ५०० र १०० को नेपाल रुपैयाँ जम्मा गर्न सकिनेछ ।

एकपटकमा ९९ हजार ९०० रुपैयाँ बैंकको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न सकिनेछ । यसमार्फत क्रेडिट कार्ड भुक्तानी गर्न सकिने पनि जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार