कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि प्रशासन कार्यालयको सेवा बन्द

कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि प्रशासन कार्यालयको सेवा बन्द

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले शुक्रबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा कार्यरत एकजना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि भदौ ११ गते सम्मका लागि कार्यालय बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा, मुद्धा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी तथा बिपद् ब्यबस्थापन सम्बन्धी बाहेकका अरु सबै सेवाहरु स्थगित गरिएको छ ।
बिहिबार एक सूचना जारी गर्दै सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा मागेको छ । निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयमा सेवाग्रहीको भीड बढ्दा जोखिम पनि बढेको कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार