शम्भु राईको ‘सानु’ सार्वजनिक (भिडियाेसहित‌)

शम्भु राईको ‘सानु’ सार्वजनिक (भिडियाेसहित‌)

चर्चित गायक शम्भु राईको नयाँ म्युजिक भिडियो सानुु सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक शम्भुलाई स्वरमा गायिक मेलिना राईले साथ दिएकी छन् । गायक शम्भुकै शब्द र संगीत रहेको सो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् ।

भिडियोमा पल शाह र निरञ्जली लामा फिचर्ड छन् । चिठी तिमीलाई, एनी हौ, आँखैमा झलझली जस्ता चर्चित गीत सार्वजनिक गरेका गायक शम्भुका गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् ।

थुप्रै सफल गीतका सर्जक शम्भु राईका गीतहरुमा मौलिकता भेटिन्छन। सार्वजनिक गीत सानुमा पल शाहले लुगा सिउनेको भूमिका गरेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार