आजदेखि टोकियो पाराओलम्पिक शुरु हुँदै

आजदेखि टोकियो पाराओलम्पिक शुरु हुँदै

टोकियो पाराओलम्पिक आजदेखि सुरु हुँदैछ । ओलम्पिक सकिएको एक महिनाभित्रमा अपांगता भएकाहरुका लागि पाराओलम्पिक खेल आयोजना हुँदै आएको छ ।

 

यो प्रतियोगिता १३ दिनसम्म चल्नेछ । ओलम्पिकमा २२ खेल समावेश गरिएको छ भने १ सय ६० देशका खेलाडीको सहभागिता छ ।

यस संस्करणमा ब्याडमिन्टन र तेक्वान्दो पहिलोपल्ट समावेश गरिएको हो । पारा ओलम्पिकका लागि ४ हजार ५ सयभन्दा बढी खेलाडीहरु टोकियोको ओलम्पिक भिलेजमा जम्मा भएका छन् ।

पाराओलम्पिकमा नेपालबाट एकजना खेलाडीको सहभागिता रहेको छ । पारा तेक्वान्दोकी पलेशा गोवद्र्धनले प्रतिस्पर्धा गर्नेछिन्

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार