मैले लगाएको नारा

मैले लगाएको नारा

निशा पोतिएको
स्नग्ध मध्यरातमा
जगतमा उज्यालो छर्न
तिमीले बालेको
क्रान्तिको
उत्तुङ्ग चिरागलाई
मैले मेरो आस्थाको
जून हो भनें
मेरो बिचारको
घाम हो भनें
अर्थात सबथोक
त्यही भएर
जुलुसको अग्रभाबाट
इन्क्लाबको
नारा लगाएको हुँ ।। १ ।।
जून जस्तो शितल
घाम जस्तो न्यानो
लाभा जस्तो गरम
क्रान्तिको
उत्तुङ्ग चिरागलाई
मैले मुक्तिको
नयाँ आमुख हो भने
उत्सर्ग र बलिदानको
नयाँ गोरेटो हो भने
बिद्रोहको
नयाँ गर्जन हो भने
परिवर्तनको
नयाँ अध्याय हो भनें
अर्थात सबथोक
त्यही भएर जुलुसको
अग्रभागमा उभिएर
इन्क्लाबको
नारा लगाएको हुँ ।। २ ।।
तर
तिमीले बालेको
क्रान्तिको
उद्दाम चिराग
थाहै नहुनेगरि
निभ्न थालेपछि
मेरो आस्थाको घाम
थाहै नहुने गरि
डुब्न थालेपछि
उत्सर्ग र बलिदानको
नयाँ गोरेटो
थाहै नहुने गरि
भत्किन थालेपछि
संसोसधनवाद
मुर्दावाद भनेर
नारा लगाएको हुँ ।।
२०७८ भदौ १० , सानीभेरी , रूकुम पश्चिम ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार