राजनीतिमा फस्टाएको दलाली

krishi
Duduwa Corona

राजनीतिमा फस्टाएको दलाली

  •  
  •  
  •  
  •  
  •  
  •  

भगवान् श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो। रामले कौशल्यासँग भने– ‘आमा! म राजा भएँ। मैले आफूभन्दा सानालाई केही दिनुपर्छ। तपाईं सबैलाई बोलाएर केही न केही माग्न भनिदिनुस्।’ भरतलाई बोलाइयो। ‘तपाईंको पाउमा मेरो दिनप्रतिदिन प्रेम बढ्दै जाओस्’ भन्दै लिन इन्कार गरिदिए। भरतपत्नी माण्डवीको भनाइ थियो, ‘गुरुकुलकी बुहारी बन्न पाएकी छु। त्यही नै मेरो सौभाग्य हो।’ अब पालो लक्ष्मणको थियो। उनले भने, ‘सानैदेखि हजुरसँग जीवन बिताएँ, बाँकी जीवन पनि यसैगरी बितोस्।’ उर्मिलाले भनिन्, ‘जतिसुकै प्रतिकूल परिस्थितिमा पनि धैर्यवान् बनौं। शत्रुघ्नले पनि भरतकै बचन दोहोर्‍याए। अन्तिममा शत्रुघ्न पुत्रीलाई बोलाएर श्रीरामले आग्रह गरे, ‘भन छोरी श्रुतिकीर्ति तिमीलाई के चाहियो?’ उनले आँखाबाट आँसु बर्साउँदै भनिन्, ‘वनबासमा रहँदा तपाईंले लगाउनुभएको लुगा कृपा गरेर मलाई बक्सियोस् ताकि भोलि आउने दुःखलाई त्याग र समर्पणको सिद्धान्तले परास्त गर्न सकौं। यसैले थोत्रो लुगा बक्स्योस् भन्ने चाहन्छु।’

राजनीतिभित्र अपराध र दलाली फस्टाएको हुँदैनथ्यो भने यतिबेला शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओलीले लगाएका भादगाउँले टोपी प्रसाद मानेर लाउनेहरूको भीड लाग्थ्यो होला। रोल्पामा भूमिगत हुँदा प्रचण्डले भात खाएको त्यो सिल्बरे थाल संग्रहालयमा हुन्थ्यो। फौजी पोसाक किन्न मोल लाउनेहरूको हानाथाप चल्थ्यो होला। देउवा र ओलीले कालकोठरीमा बिताएका दिनको संस्मरण टिनएज पुस्ताका लागि गीता, बाइबल, कुरान हुन्थ्यो। तर विधिको विडम्बना देशको सफल मेनेजर भएर छोरा पुस्तालाई देशको कार्यभार सुम्पनुपर्ने बेला राजनीतिमा सिन्डिकेट खडा गरेर छोराको जवानीसमेत पैंचो लिई भोगविलास गर्ने आध्यात्मिक पात्र ययातिको गुण उनीहरूमा थपक्कै सरेको छ। ययाति यस्ता आरिसे ऋषि थिए, जो गधा पच्चीसी ननाघेका आफ्नै छोरा पुरुको बैंस लिएर भोगविलासमा लिप्त भए। यहाँ पनि पुरानो पात यस्तो थेत्तरो भएको छ कि नयाँ पातको भाग खोज्न लालायित छ। धेरैका बाआमाले धार्मिक ग्रन्थबाट प्रभावित भएर आफ्ना सन्ततिको नाम राम, कृष्ण, शिव, गणेश, कमल, पशुपति जे राखे पनि त्यसको परागबाट समाज कहिल्यै सुगन्धित भएन।

रामवरणलाई पहिलो राष्ट्रपति बन्ने सौभाग्य प्राप्त भयो। तिनै पात्र जीवनको उत्तरार्धमा नाना, खाना र छानाको लोभबाट मुक्त हुन सकेनन्। उनले निवृत्त जीवनलाई साधुशैलीमा अनुवाद गरिदिएको भए त्यो पदमा आसीन कुनै पनि मानिसमा लोभी नहुन नैतिक दबाब पर्ने थियो। 

ऐतिहासिक धार्मिक नगरी जनकपुर जहाँ राजा जनकले आफ्नी छोरी सीताको विवाहसमेत सुरवीरहरूको जमघट गराई धनु उचालेर गराएका थिए। जुन प्रजातान्त्रिक अभ्यासको उत्कृष्ट नमुना थियो। नेपाली राजनीतिको दुर्भाग्य त्यही माटोमा जन्मिएका रामवरणलाई पहिलो राष्ट्रपति बन्ने सौभाग्य प्राप्त भयो। तिनै पात्र जीवनको उत्तरार्धमा नाना, खाना र छानाको लोभबाट मुक्त हुन सकेनन्। उनले निवृत्त जीवनलाई साधुशैलीमा अनुवाद गरिदिएको भए त्यो पदमा आसीन कुनै पनि मानिसमा लोभी नहुन नैतिक दबाब पर्ने थियो।

उनका पिताजीले भगवान् श्रीरामको जीवन आफ्नो सन्ततिमा देख्न चाहे पनि सफलता मिलेन। ग्रन्थमा बाहेक यसखाले आदर्श पुरुष बन्ने सौभाग्य नेपालका कुनै नेतालाई प्राप्त भएन। गणतन्त्रले त झन् राज्यको ढुकुटी लुट्नेहरू राजनीतिका स्वर्णपदकधारी भए। लोकतन्त्रको अभ्यास यसरी गर्न थालिएको छ कि पार्टीका झोले संस्थाहरूको अधिवेशन दस दिनसम्म हुन थालेका छन्। उम्मेदवारहरूको खर्च करोडौं नाघ्ने गरेको छ।

सबै दलका यस्ता झोले संस्थाको संख्या जोड्दा हजारौं पुग्छ। जुन पद कुनै वेतनभोगी होइन भने चुनावी प्रक्रिया किन महँगो बनाइँदैछ? औंसीमा गरिएको पिच पूर्णिमामा भत्किनु, तीन दशकसम्म मिथक बनेको मेलम्ची त्यही बाटोमा जानु, धाराको टुटीबाट पानीको साटो हावा आउनु, शिक्षा र स्वास्थ्यमा कालोबजारी मौलाउनुको मूलजरो यस्तै कथित प्रजातन्त्र दिगो बनाउने नाममा भएका कुकर्ममा गएर ठोक्किन्छ। माओवादी सशस्त्र युद्धबाट पीडितहरू झन्–झन् पीडित बन्दै गएका छन्। तर त्यसलाई लिएर व्यापार गर्नेहरू थपिँदा छन्। जब एउटा ठेकेदारले देशकै ठूलो नेताको गाँस, बास, कपासको ठेक्का पाउँछ भने उसले मजबुत सडक बनाउने कष्ट किन गरोस्? धारामा पानी किन झारोस्?

यहाँ त डाक्टर, पुजारी, न्यायाधीशसमेत पार्टीका झण्डेहरू छन्। दुई पैसाको बुद्धि नभएकाहरू झण्डा बोकेपछि बुद्धिजीवी कहलिन्छन्। दलका नेताले सिलाइदिएको कालो कोट लगाएर बार–बेन्चमा न्यायको तराजु बोक्न माथापच्ची चल्छ। न्यायसेवामा काम गर्ने धेरै खरिदार–सुब्बा एलएलएम डिग्रीधारी भइसके तर सर्वोच्च अदालतमा बल्लतल्ल बीएल पासको खोस्टो लिएकाहरूको भीड छ। देशका संवेदनशील निकाय भद्र, योग्य, प्राज्ञिक नभएर चट्केहरूको माखेसाङ्लोमा पर्दै गएको छ। पदमाथिको न्याय काम, कर्तव्य र अभिभाराबाट सम्पादन नभई वनभोजमा रूपान्तरण हुँदैछ।

पहिलापहिला हारेका मानिसलाई ठूलो अवसर दिइन्थ्यो भने अहिले हारेका दलहरू ठूलो भाग पाउने उल्टो यात्रामा शासन व्यवस्थाका पांग्रा गुडाउने प्रतिस्पर्धा छ। सरकार प्रमुखको गद्दीमा बस्ने विरलैले मात्र कुर्सी आरोहणको रंग बचाउन सकेका छन्। नेताहरु खुइलिने र खुइल्याउने चलन सनातनी बनेको छ। तिलस्मी पात्रबाट अवतरण गरेका कुचा मुठे जुँगाधारी प्रचण्ड डेढ दशकमै निगाहका पात्र कसरी बने? दरबारका प्याराहरू गणतन्त्रका उत्तिकै बफादार कसरी भए? देशकै भाग्यनिर्माता मानिने अरुण नदीबाट जलविद्युत् निकाल्न खोज्दा काम गर्न गएकाहरूलाई घाँस कोच्याउने तिनै एमाले नेताहरू आज हाइड्रोपावर आयोजनाका हर्ताकर्ता कसरी भए? प्रधानन्यायाधीश प्रधानमन्त्री भएको नजिर अब बढ्दै गएर अख्तियार प्रमुख हुँदै सेनापतिले सत्ता सम्हाल्नेतर्फ  अघि बढेर शासनसत्तामा प्रयोगमाथि प्रयोग थपियो भने भोलि पाकिस्तान, थाइल्यान्ड, बंगलादेशको ककटेल चरित्र नेपालमा नदेखिएला भन्ने के ग्यारेन्टी? यहाँ एउटा त्यस्तो निकाय बाँकी छैन, जहाँ चलखेल नभएको होस्। अरू त अरू देशको अन्तिम अस्त्र मानिने सेनाका सेनापति असल सिपाहीभन्दा पनि संसार थेगेको भ्रममा बाँचेका हुँदारहेछन् भन्ने त उनीहरूकै लेखनीबाट पुष्टि हुन्छ।

डा. रामवरणले ऊर्जाशील जिन्दगी मेडिकल साइन्सको पढाइ र अभ्यासमा बिताए। दिनभर घर बसेर पट्यारलाग्दो जीवन बाँचेका उनलाई मर्यादासँगै सीप बाँड्न कसैले उत्प्रेरित गर्दैन? आँखाका सिद्धहस्त डा. शशांक हजारौंको आँखामा ज्योति छर्ने सीपलाई घात गर्दै आँखामा खरानी छर्ने राजनीतिमा होमिए। डा. शेखरको व्यथा उही छ।

 

नियति कस्तो भने डा. रामवरणले ऊर्जाशील जिन्दगी मेडिकल साइन्सको पढाइ र अभ्यासमा बिताए। दिनभर घर बसेर पट्यारलाग्दो जीवन बाँचेका उनलाई मर्यादासँगै सीप बाँड्न कसैले उत्प्रेरित गर्दैन? आँखाका सिद्धहस्त डा. शशांक हजारौंको आँखामा ज्योति छर्ने सीपलाई घात गर्दै आँखामा खरानी छर्ने राजनीतिमा होमिए। डा. शेखरको व्यथा उही छ। रुसका शक्तिशाली राष्ट्रपति मिखाइल गोर्भाचोभले कलेज पढाएकोमा आत्मगौरव गर्नेहरू रामवरणलाई पढाउने सल्लाह किन दिँदैनन्? अमेरिकी राष्ट्रपति बाराक ओबामा निवृत्त भएपछि पढाउने कर्ममा लागे। सामान्य जीवनमा फर्कने अभ्यासस्वरूप उनका छोरी रेस्टुरेन्टमा काम गर्छन्। घुस खाने प्रबन्ध मिलाउने सचिव र खाने मन्त्री दुवै पढेलेखेका हुन्छन् तर समस्या निदान भने अपठित बस्तीमा गएर खोजिन्छ। ट्राफिक नियम पालन नगर्ने हजुरबा कि नाति पुलिसलाई सोधे स्पष्ट हुन्छ। जुन घरमा नामुद जँड्याहा छ, त्यो घरमा गरिबी निवारणका लागि बोको–बाख्रा दिइन्छ। कागजमा बाख्राले दर्जनौं बोका पाएको देखिन्छ तर उसले हप्ता दिनमै बोको सितन बनाएको राज्यका निकायलाई पत्तै हुन्न। विकासको यस्तो मोडेल परिवर्तन गर्नुपर्छ भन्ने हेक्का कसैलाई छैन। जागिर खाने बढेपछि स्वभावतः काम गर्नेहरु घट्ने नै भए।

सूचना प्रविधिको पहुँच दुरदराजसम्म पुगेको छ। तर आइटेन बोकेका कर्मचारीहरू उडुस, उपियाँ र साङ्ला लुकेको फाइलभित्र प्रतिष्ठा खोजेर कहिल्यै पार नपाउने चक्रव्यूहमा फसेका छन्। समस्यालाई समाधान हैन, समस्याको दृष्टि हेर्ने मनोविज्ञानका कारण कर्मचारी संयन्त्र बुझेर भेउ नपाउने कठिन महाजाल भएको छ। हरेक टेबलमा फाइलको प्रवेशसँगै नमस्तेका किस्ती टक्र्याउनुपर्ने बेथितिले कहिल्यै विश्राम पाउने भएन। सदाचार, हार्दिकता, शिष्टाचार र सम्मान शासनभित्र समाहित भएन। बरु कर्मचारी–कर्मचारीबीच अंश मुद्दा नमिलेको दाजुभाइ जस्तो अवस्था उत्पन्न भयो।

कर्मचारीको बिउ चाकरीतन्त्रबाट सुरु भएको हो। पुस्तैनी चाकरीमा जुटेको परिवारभित्रको पाँच पासेलाई न्यायाधीश बनाइदिने तर निर्धो, सहाराविहीन पढेलेखेकालाई विचारीमा थन्क्याइदिने राणाकालीन तदर्थवादको ऐंजेरु छिमल्ने प्रयास कसैले गरेन। अयोग्यहरूको भीडमा योग्यहरू हराउँदै गए। पदीय कर्मभन्दा पनि ठूलाहरूलाई रिझाउने विशेष योग्यता भएकाहरूको पहुँच दिन दुईगुना रात चारगुनाका दरले बढ्यो। समस्याको गाँठो फुकाउने विन्दुमा सबै निरपेक्ष रहँदै आए। बीपीले जेलमा बस्दाको एउटा स्मरण लेखेका छन्। जसमा उनी भन्छन्, ‘आमाको चिठी आएको थियो। उहाँ लगभग सत्तरी वर्षको र म एकाउन्न वर्षको छोरो जो अनिश्चित कालका लागि चार वर्षभन्दा बढी समयदेखि जेलमा थुनिइरहेको छु। उहाँले लेख्नुभएको थियो– मैले तिमी जन्मिँदा छोराको सम्बन्धमा जुन ठूलो कल्पना गरेकी थिएँ, जसले मलाई आत्मविश्वास र आनन्द दिएको थियो। त्योभन्दा बढी मेरो कल्पनाभन्दा बढीको कुरा तिमीले मलाई दिलायौ, जसले मलाई ठूलो गर्व छ। तिमी मैले कल्पना गरेभन्दा ठूलो छोरा भयौ।’ हो, हामी पनि एकपटक छातीमा हात राखेर सोचौं त हामी कतिको यस्तै सपुत हुन सक्यौं?

राजनीतिमा विज्ञता सधैं फापसिद्ध नहुन सक्छ। त्यसैले कहिलेकाहीं सरकारमा पुगेकाहरुले आफ्नो विगत बिर्सिएर सकारात्मक मुख्र्याइँ गर्नु पनि वाञ्छनीय हुन्छ।  पृथ्वीनारायण शाहले योग्य मानिसलाई उचित पदमा राखे। न्यायलाई जनताको अधिकारका रूपमा स्थापित गराए। राज ज्योतिष कुलानन्द ढकालदेखि विज्ञ, विद्वान्, सुरवीर मात्र हैन, बिसे नगर्चीलाई पनि साथ लिएर हिँडे। फलस्वरूप गोरखामा जन्मिएका पृथ्वीनारायण शाह मुलुकको आधिपत्य जमाएर ५२ वर्षको उमेरमा त देहत्याग गरे।

भीमसेन थापाका पालाका कवि सुन्दरानन्द बाँडाले राजाका भारदार दुनियाँ पनि गाँजा तान्ने गँजडी जुवाडे थिए भनेर लेखेका छन्। उनी भन्छन्, ‘खेल्छन् रात्दीन जूवा कति कति विजया (गाँजा) फुक्तछन् कोही रुन्छन्। निःशंकै बात हाक्छन् कति अति खुसी छन्, कोही रात्दिन घोरिन्छन्। ऐलेका भारदार दुनियाँसमेत रातबिरात जूवा खेलनामा लाग्याका छन् कोही गाँजा लि खान्छन्, गाँजाले मातियाका भारदारले क्या सहि राख्दछन्, कोहि बक्सिस भया पनि वस्तु पाउँदैनन्, कोहि सन्दुक भरी राख्दछन्।’

पञ्चायती राजनीति अर्थात् राजसंस्थाका अनुचर नै अरूभन्दा सुकिला देखिँदै आएको परिस्थिति छ। गणतन्त्र नामको गोलचक्करले जितेर हार्नुपर्ने अनौठो चक्रव्यूह खडा गरेको छ। देशभित्रै जनता शरणार्थी बनेका छन्। विवेकका आँखा दिनदहाडै बन्द भएका छन्।

प्रकृतिमा निर्विल्प प्रकृति मात्र हो। हामीले मान्दै आएको मृत्युलाई पनि कतिपयले अन्तिम होइन भनेर व्याख्या गर्न थालेका छन्। उनीहरुको तर्क छ– अक्टोपसले शंखेकिरा खान्छ। तर अक्टोपसले पेटमा पार्नुअघि नै शंखेकिराले आपूmलाई हड्डीको खोलभित्र हालेर सुरक्षित गरिसकेको हुन्छ। जब शंखेकिरा अक्टोपसको पेटमा पुग्छ तब खोलबाट निस्कने शंखेकिराले अक्टोपसलाई सिध्याउँछ। अन्तिममा अक्टोपस मर्छ। तर शंखेकिरा जस्ताको तस्तै। हाम्रो सन्दर्भमा राजनीतिक परिवर्तन पनि त्यस्तै भएको छ। घटनाक्रम जेसुकै होस् तर प्रकारान्तरमा पञ्चायती राजनीति अर्थात् राजसंस्थाका अनुचर नै अरूभन्दा सुकिला देखिँदै आएको परिस्थिति छ। गणतन्त्र नामको गोलचक्करले जितेर हार्नुपर्ने अनौठो चक्रव्यूह खडा गरेको छ। देशभित्रै जनता शरणार्थी बनेका छन्। विवेकका आँखा दिनदहाडै बन्द भएका छन्। इतिहासका यी हरफबाट नेतृत्वले पाठ सिकून्। नत्र उही हो पुनर्मूषिको भव। नेपाल समय

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार