त्रिवेणीमा दुई खानेपानी आयोजनाको अनुगमण

त्रिवेणीमा दुई खानेपानी आयोजनाको अनुगमण

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा दुई वटा ठूला खानेपानी आयोजनाको संयुक्त अनुगमण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी रुकुम पश्चिमको आयोजनामा त्रिवेणी गाउँपालिका वडा नम्बर ७ र ८ स्थित दुई खानेपानी आयोजनाको अनुगमण गरिएको हो ।

स्थानीय सरकार, रेडक्रस, वैकल्पिक उर्जा, आशा परियोजना लगायत साझेदार संस्थाको आर्थिक सहयोग रहेको भेरीपोखरा खानेपानी आयोजना र थारमारे खानेपानी आयोजनाको अनुगमण गरिएको रेडक्रस सभापति रमा गौतमले बताउनु भएको छ । उहाँका अनुसार संयुक्त अनुगमण टोलीले सञ्चालनमा रहेको वडानम्बर –८, को भेरीपोखरा खानेपानी र सञ्चालनको अन्तिम चरणमा रहेको वडानम्बर –७, को थारमारे खानेपानी आयोजनाको स्थलगत अनुगमण गरेको हो ।

अनुगमणमका क्रममा स्थानीय बासिन्दाले खानेपानी आयोजनाका लागि थप आर्थिक सहयोग र दिगोपनाका विषयमा सरोकारवाला निकायसंग सहयोगको अपेक्षा गरेका छन् । त्यसका लागि स्थानीय सरकार र साझेदार संस्थाले समेत खानेपानीको समस्या अन्त्यका लागि आगामी दिनको सहयोग निरन्तर रहने बताएका छन् ।

त्रिवेणी गाउँपालिका वडानम्बर –८, को भेरीपोखरामा सौर्य लिफ्टिङ प्रणाली मार्फत खानेपानी सञ्चालनमा आईसकेको छ । उक्त खानेपानी आयोजनाबाट ५६ घरधुरी लाभान्वित भएको बताईएको छ । भेरीपोखरा खानेपानी आयोजना सञ्चालनका लागि बैकल्पिक उर्जा, आशा परियोजना, रेडक्रस, प्रदेश र स्थानीय सरकारको ९६ लाख सहयोग रहेको छ । १५ किलोवाट सोलारबाट ३० हजार घनमिटर क्षमता भएको पानी ट्याङकीबाट भेरीपोखराका सबै घरधुरीमा खानेपानी पुगेको छ ।

त्यस्तै वडानम्बर –७, को खरिचौर टोलका लागि ८४ हजार लिटर क्षमताको खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । दुई करोड ८० लाखको लागतमा सञ्चालनको तयारीमा रहेको सो खानेपानी आयोजनाबाट २ सय २५ घरधुरी लाभान्वित हुने बताईएको छ ।

जिल्ला समन्वय समितिका उप-प्रमुख इन्दिरा बुढा, त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती, उपाध्यक्ष निर्मला विष्ट, रेडक्रस सभापति रमा गौतम, पूर्व रेडक्रस सभापति शिवराम खत्री लगायत स्थानीय जनप्रतिनिधि र पत्रकारको सहभागितामा अनुमगमण गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार