खोपकेको अध्यक्षमा चन्द्रकिशोर झा

खोपकेको अध्यक्षमा चन्द्रकिशोर झा

खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा पत्रकार चन्द्रकिशोर झा सर्वसम्मत चयन हुनुभएको छ। खोपकेको मंगलबार सम्पन्न साधारणसभाले चन्द्रकिशोरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

यस्तै संस्थाको उपाध्यक्षमा पत्रकार निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरा चयन भएका छन् । त्यसैगरी पत्रकार हरिबहादुर थापा, लक्ष्मी बस्नेत र राजाराम गौतम सदस्यमा चयन हुनुभएको छ । अन्य दुई सदस्य पछि थप्ने खोपकेले जनाएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार