युवा संगठन नेपाल रुकुम पश्चिमको अध्यक्षमा विवेक विश्वकर्मा

युवा संगठन नेपाल रुकुम पश्चिमको अध्यक्षमा विवेक विश्वकर्मा

अध्यक्ष विवेक विश्वकर्मा

मुसिकोट । युवा संगठन नेपाल रुकुम (पश्चिम) को चौथो जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ। सम्मेलनले विवेक विश्वकर्माको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति निर्माण गरेको हो ।

जसमा उपाध्यक्षमा महेश बस्नेत , सचिवमा शिव रसाइली , सहसचिवमा रमेश मल्ल र कोषाध्यक्षमा प्रतिभा पौडेल लाई सम्मेलनले निर्वाचित गरेको छ। त्यस्तै किरण , रवीन्द्र , राजन , राजकुमार , दिपक, दिपक , निरुता ,टेकबहादुर , लालु ,पृथ्वी , स्वयमप्रकाश , भुपेन्द्र ,पुष्पकमल , रोशन , दिपेन्द्र , मोहन ,खिमप्रकाश , अरुण र भरत जिल्ला समितिमा रहनुभएको छ ।

असोज १९ गते उद्घाटन भएको सम्मेलन असोज २० गते सम्पन्न भएको छ। युवा संगठन नेपालको चौथो जिल्ला सम्मेलन लाई नेकपाका केन्द्रिय सचिवालय सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन) ले उद्घाटन गर्नुभएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार