रुकुम पश्चिममा ६६ औं प्रहरी दिवस भब्यताका साथ मनाईयो

रुकुम पश्चिममा ६६ औं प्रहरी दिवस भब्यताका साथ मनाईयो

मुसिकोट । ६६ औं प्रहरी दिवस रुकुम पश्चिममा पनि भव्यताका साथ मनाइएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको आयोजनामा भएको ६६ औं प्रहरी दिवस भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, नेपाली सेनाका प्रमुख सेनानी गोविन्द भुजेल, सशस्त्र प्रहरी बलका स.प्र.ना.उ. प्रेम सिंह धामी, राष्ट्रिय अनुसन्धानका प्रमुख होमराज रेग्मी, पुर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा संचारकर्मी, नागरिक समाज अगुवा, बिभिन्न राजनैतिक दलका प्रतिनिधी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, अन्तरपार्टी महिला सञ्जालका प्रमुख, शिक्षक तथा बुद्धिजीवि लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारी, अमर प्रहरी परिवार, जग्गादाता, पूर्व प्रहरी कर्मचारी, सञ्चारकर्मी र समाजसेविलाई सम्मान गरिएको थियो । दिवसको अवसरमा आयोजित सिनियर र जुनियर ब्याडमिन्टन प्रतियोतिगामा स्थान हाँसिल गर्ने १२ जना प्रहरी खेलाडिलाई मेडलले पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको स्वागत मन्तब्य र प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले वाचन गर्नुभएको थियो । उक्त अवसरमा अमर प्रहरी स्मारकमा प्रमुख अतिथिज्युबाट पुष्पहार अर्पण गर्नुभएको थियो । सो पश्चात उपस्थित सम्पुर्णले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी बिर तथा अमर प्रहरीले देखाएको मार्गमा सधै अडिक भएर लाग्ने र जनअपेक्षा पुरा गर्नका लागी जस्तो सुकै कठोर निर्णय लिन पनि तयार रहेको बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक कपिल शाहीले गर्नुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार