काठमाडौ बाट गाउँ फर्कन चाहनेहरुलाई भोलि र पर्सि बाटो खुला

काठमाडौ बाट गाउँ फर्कन चाहनेहरुलाई भोलि र पर्सि बाटो खुला

चैत २७ काठमाडौं
लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

यहि ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

यो अवधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन लामो दुरीको रुटमा सुरक्षाकर्मीले स्कटिङ गरेर बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार