बाँफिकोट ४ मा खानेपानीको समस्या

बाँफिकोट ४ मा खानेपानीको समस्या

मुसिकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ मा खानेपानीको समस्या भएको छ । गाउँपालिकाको नेटाबजार र भुवाटाकुरा लगाएतका करिब तीन सय घरधुरीमा खानेपानीको समस्या देखिएको छ । गएको भदौ महिना देखि खानेपानीको पाइप लाइन मर्मत नहुँदा खानेपानीको समस्या भएको बाँफिकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञान बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भौगोलिक विकटताका कारण मर्मतमा ढिलाई भएको हो ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ५ को अङागारे खोलाले करिब २ सय २५ एमएमको ६ केजी प्रेसर १ सय ५० मिटर पाइप लाइन बगाउँदा खानेपानीको समस्या आएको हो ।

उक्त सिचाइ तथा खानेपानी संघीय सिचाइ मन्त्रालय बाट करिब ४ करोड लगानीमा २०७५ सालमा निर्माण सम्पन्न भएको थियो । मौसममा सुधार आएपछि उक्त खानेपानी तथा सिचाइको मर्मत कार्य सुरु गरिएको स्थानीय मान बहादुर बिकले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार