पत्रकार महासंघद्वारा शुभकामना आदान प्रदान

पत्रकार महासंघद्वारा शुभकामना आदान प्रदान

मुसिकोट । आईतबार रुकुम पश्चिमको मुसिकोटमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विजयादशमी २०७८ को अवसरमा नेपाल पत्रकार महासंघ रुकुमले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले चाडपर्वको अवसरमा शान्ति, अमनचयन र भातृत्वको कामना गर्दै शुभकामना साटासाट गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

मुसिकोट नगरपालिकाका उप प्रमुख प्रेम कुमारी सुनारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य खेममान खड्का, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य महेन्द्र केसी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि खड्क बहादुर डाँगी, नेकपा जिल्ला ईन्चार्ज बिश्व शर्मा, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, नरसिंह दल गणका प्रमुख सेनानी गोविन्द भुजेल, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक प्रेम सिंह धामी, उद्योग वाणिज्य संघका अध्यक्ष पहल बहादुर खड्का, पत्रकार महासंघ रुकुमका सस्थापक अध्यक्ष नारायण कुमार शाह लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्मा, बार इकाई रुकुम पश्चिमका अध्यक्ष गणेश हमाल, ओरेकमा जिल्ला अधिकृत दीपा धिताल, इन्सेकका जिल्ला प्रतिनिधि मनिषा केसी, प्रेस सेन्टरका जिल्ला संयोजक मेगराज खड्का, प्रेस युनियनका केन्द्रीय पार्षद प्रविर ददेल, जनपत्रकार संगठनका गमानसिं घर्ति लगायतको सहभागिता रहेको थियो ।

पत्रकार, मानवअधिकारकर्मी, बिभिन्न कार्यालयका प्रमुखहरु लगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

पत्रकार महासंघ महासंघ रुकुमका उपाध्यक्ष सिजन बाँठा मगरले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रम उद्योग वाणिज्य संघको सहयोगमा सम्पन्न गरिएको पत्रकार महासंघका सचिव हिरा परियारले बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार