टेलिभिजनमार्फत एसईई लक्षित कक्षा सञ्चालन

टेलिभिजनमार्फत एसईई लक्षित कक्षा सञ्चालन

चैत २७ काठमाडौ
एसईई परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुले पढेका कुराहरु बिर्सन सक्ने भन्दै स्याङ्जाको वालिङ नगरपालिकाले पुनर्ताजकीका लागि बिहीबार साँझ ६ बजेदेखि वालिङ टेलिभिजन एचडी मार्फत पढाउन लागिएको हो ।

 

कोभिड १९ को संक्रमण रोकथामको लागि नेपालमा गरिएको लकडाउन लम्बिँदै गएपछि नगरले विद्यार्थीहरुको पढाइमा कुनै असर नपारोस् भनेर कक्षा सञ्चालन गर्न लागिएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार पहिलो पटक सुरु गर्न लागिएको विशेष कक्षाले आगामी दिनमा समेत स्मार्ट तरीकाबाट पढाउन थप सहयोग पुग्ने बताउनु भयो । आज साँझदेखि सञ्चालन हुने कक्षामा गणित, अंग्रेजी र विज्ञान विषयको पढाइ हुनेछ ।

 

टेलिभिजनमार्फत विद्यार्थीहरुले सजिलै कक्षामा सहभागिता जनाउन र आफ्नो प्रश्न राख्नसक्ने व्यवस्था मिलाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार