अस्गर अलीको कम्पनीसंग २१ वटा बैंक सम्झौता तोड्ने निष्कर्षमा

अस्गर अलीको कम्पनीसंग २१ वटा बैंक सम्झौता तोड्ने निष्कर्षमा

 चैत  २७  काठमाडौं

एक साता अगाडि अस्गर अलीको कम्पनीले अनाधिकृत रुपमा काठमाडौं प्रेस डट कमको समाचार डिलेट गरेपछि उक्त कम्पनीसँग डेभलपमेन्ट र सर्भर सम्झौता गरेका २१ वटा बैंकहरुले झस्किएका छन् ।

अलीको कम्पनीले यस्तो हर्कत देखाएपछि उनीहरुले सम्झौता तोड्ने निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञसमेत रहेका अस्गर अलीको लगानी रहेको एफवान सफ्टले जतिबेला जे पनि गर्नसक्ने निष्कर्ष निकाल्दै २१ वटा बैंकहरुले सम्झौता तोड्ने निर्णय गरेका हुन् ।

एफवान सफ्ट अन्तर्गतको शिरान टेक्नोलोजिजले एक साता अगाडि काठमाडौं प्रेस डट कमको साइटमा प्रवेश गरी अनाधिकृत रुपमा एउटा समाचार डिलेट गरेसंगै बैंकरहरु अस्गर अलीसँग त्रसित बनेका हुन् ।

त्यस घटनालगत्तै बैंकर्सहरुले एफवान सफ्टसँगको व्यवसायिक सम्बन्ध तोड्ने जिवषयमा छलफल गरिरहेको बताइएको छ । यसैबीच नेपाल बैंकर्स एसोसिएसनको पहलमा भर्खरै एफवान सफ्ट कम्पनीबाट सेवा लिइरहेका बैंक तथा वित्तीय संस्थाले सम्झौता तोड्ने विषयमा छलफल गरेको बताइएको छ ।

उक्त छलफलकम अधिकांश बैंकका सीईओले लकडाउन खुल्नसाथ एफवान सफ्टसँग सम्झौता तोड्नुपर्ने धारणा राखेको बताइएको छ । एफवान सफ्टअन्तर्गतको कम्पनी आफैले बनाएको न्यूज पोर्टलको समाचार हटाएपछि आफूहरु पनि सुरक्षित नभएको महसुस गरिरहेको उनीहरुको भनाइ छ ।

अस्गर अलीको कम्पनीले कतिपय बैंकहरुको डेटा होस्टिङ समेत अफैले गरिरहेको छ । तर, आफूलाई चित्त नबुझ्दा जेपनि गर्न सक्ने कम्पनीले बैंकहरुलाई पनि जुनसुकै अवस्थामा धोका दिन सक्ने निष्कर्ष निकालिएको छ ।

साथै, बैंकहरुको पेमेन्ट गेटवे, डाटा होस्टिङ एफवान सफ्टले नै गरिरहेको अवस्थामा ग्राहकहरुको विश्वास बैंकहरुमाथि नरहन सक्ने भएकाले सम्झौता तोड्ने निर्णय भएको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार