‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि बनाउन शुरु

‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि बनाउन शुरु

सरकारले घोषणा गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि बनाउन शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालयलाई प्राथमिकतामा राखेर परीक्षणका रुपमा कार्यान्वयन गर्ने गरी कार्यविधिको मस्यौदा तयार भएको जनाएको छ ।

यो वर्ष पढ्दै कमाउँदै कार्यक्रम परीक्षणका रुपमा केही प्राविधिक धारका विद्यालयहरुमा लागू गर्ने तयारी भईरहेको मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख डा।तुलसी प्रसाद थपलियाले जानकारी दिए । उनले भने ‘यो वर्ष प्राविधिक धार तर्फका करिब २५ वटा कार्यक्रम विद्यालयहरु लागू गर्ने योजना छ ।’

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा सरकारले घोषणा गरेको माध्यमिक तह (कक्षा ९–१२) का विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालनका लागि मन्त्रालयले कार्यविधि तयारी थालेको हो ।

विद्यार्थीले पढ्दा पढ्दै गरेको कामबाट आय आर्जन पनि गर्न सक्छन् भन्ने परीक्षण प्रयोगको रुपमा काम गरिने गरी योजना थालिएको थपलियाले बताए । कार्यक्रम घोषणा भए पनि बजेट व्यवस्थापन भने नभएकोले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको १४ करोड ‘पढ्दै कमाउँदै’ कार्यक्रममा लगानी गर्ने गरी मन्त्रालयले कार्यविधि बनाईरहेको महाशाखाले जनाएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार