त्रिवेणीमा काँग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम

त्रिवेणीमा काँग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम

मुसिकोट । रुकुम पश्चिमको त्रिबेणीमा सोमबार विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांगेस त्रिबेणी गाउँपालिका वडा नम्बर ३ झुल्नेटाको कार्यालयमा आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाका नेताहरु, वडा सभापतिहरु, कार्यकर्ता, बुद्धिजिवि तथा व्यापारीहरुले शुभकामना साटासाट गरेका थिए ।

चाडपर्वको मौकामा शान्ति, अमनचयन, भातृत्व र सहकार्यको भावनालाई झन् बलियो बनाउन शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस त्रिबेणी गाउँपालिका सभापति दिपेन्द्र कुमार ओलीले बताउनुभयो । कार्यक्रममा सहभागी सबैले समाजको विकास र स्थानीय स्तरको समृद्धिको लागि एकजुट हुनुपर्नेमा जोड दिएको सभापति ओलीले जनाउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला सभापति प्रेम प्रकाश ओली, पूर्व पार्टि सभापति मान बहादुर नेपाली, नेपाली कांग्रेस पूर्व महासमिति सदस्य कृष्ण बहादुर रोकाय, सिता ओली, नेपाली कांग्रेस जनसम्पर्क बिभागका केन्द्रीय सदस्य तिलक भण्डारी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खडक डाँगी, नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका सभापति जनक बाँठामगर, नेपाली कांग्रेस मुसिकोटका पूर्व नगर सभापति महेन्द्र केसी , नेता शिब आचार्य, पार्टि सचिब गोर्ख बहादुर खत्री, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य तारक केसी, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष लालबहादुर ओली लगायतको सहभागीता रहेको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस त्रिबेणी-३ का वडा सभापति भिम बहादुर खड्काले गर्नुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार