रुकुम पश्चिममा माओवादी केन्द्रका नेता खड्का काँग्रेसमा प्रवेश

रुकुम पश्चिममा माओवादी केन्द्रका नेता खड्का काँग्रेसमा प्रवेश

मुसिकोट । पूर्व जनमुक्ति सेना एव नेकपा माओवादी केन्द्र त्रिबेणी गाउँपालिका सदस्य हरि बहादुर खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सोमबार नेपाली कांगेस त्रिबेणी गाउँपालिकाले आयोजना गरेको विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमा खड्काले नेकपा माओवादी केन्द्र पार्टि परित्याग गरी नेपाली काँग्रेस पार्टीमा पार्टी प्रवेश गरेकाे नेपाली कांग्रेस रुकुम पश्चिमले जानकारी दिएकाे छ ।

खड्कालाई नेपाली कांग्रेस त्रिबेणी गाउँपालिका सभापति दिपेन्द्र कुमार ओली, जिल्ला सभापति प्रेम प्रकाश ओली, पूर्व पार्टि सभापति मान बहादुर नेपाली, नेपाली कांग्रेस पूर्व महासमिति सदस्य कृष्ण बहादुर रोकाय, सिता ओली, नेपाली कांग्रेस जनसम्पर्क बिभागका केन्द्रीय सदस्य तिलक भण्डारी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खडक डाँगी लगाएतले टिका र खादा लगाई स्वागत गरेका थिए ।

नवप्रबेशी खड्काले नेकपा माओवादी केन्द्रका नेताहरू जनताको पक्षकाभन्दा पनि आफ्नो व्यक्तिगत फाईदाका लागि मात्रै काम गरेकाले आफूले नेकपा पार्टी छाडेको बताउनु भयो। सर्वहारा वर्ग र गरिब, दलित, महिला, जनजातिको अधिकारका लागि युद्व लडेका नेताहरू अहिले भ्रष्ट्रचारमा सक्रिय भएकाले नेकपा माओवादी केन्द्रमा रहेर जनता र मुलुकको पक्षका काम गर्न नसकिने उहाँको भनाइ छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार